Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै


ग्लोबल पाना
सोमबार, वैशाख १५ २०८२
  • 344
    SHARES

  • images
    बैशाख २५ गते सेफ्स एसोसिएसन अफ नेपालको ३०औं वार्षिकोत्सव हुँदै

    काठमाडौं । नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी २०८२ साल बैशाख २५ गते, काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागिएको हो।

    images
    images
    images

    वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट सेफहरूको योगदानको कदर गर्दै विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिनेछ। कार्यक्रममा देश तथा विदेशका विशिष्ट पाहुनाहरूको उपस्थिति रहनेछ भने नेपाली परम्परागत खानाको विविध स्वादसमेत प्रस्तुत गरिनेछ। संस्थाले आगामी दिनमा नेपाली खाना र पाककलालाई थप व्यवस्थित, वैज्ञानिक र विश्वस्तरीय बनाउँदै नेपालको सांस्कृतिक कूटनीतिमा समेत टेवा पुर्याउने दीर्घकालीन योजना अघि सारेको छ।

    यससँगै नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने र देशको पर्यटन तथा अर्थतन्त्र सुदृढ पार्न योगदान पुर्याउने लक्ष्य समेत राखिएको छ। सेफ्स एसोसिएसन अफ नेपालले सम्पूर्ण नेपाली सेफहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो पहिचानलाई थप सशक्त बनाउन आव्हान​ स​मेत​ गरेको छ। संस्थाका अध्यक्ष रेशम कुमार लामा तामाङले जानकारी दिदै भनेका छन्, "सेफ्स एसोसिएसन अफ नेपालले गुणस्तरीय पाकशिक्षा प्रदान गर्दै सेफहरूको क्षमता अभिवृद्धिमा निरन्तर योगदान दिइरहेको छ।

    हामी अग्रजहरूलाई सम्मान गर्दै र नयाँ पुस्तालाई प्रोत्साहित गर्दै नेपाल र नेपाली खानालाई विश्वमञ्चमा चिनाउने प्रयत्नमा क्रियाशील छौं।" उनले आगामी दिनमा सेफ्स एसोसिएसन अफ नेपाललाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वाससमेत व्यक्त गरे।

    'हाम्रो पेशा, हाम्रो सान' भन्ने मूल नाराका साथ सेफ समुदायलाई एकताबद्ध गर्दै नेपाली खानाको शुद्धता, मौलिकता र गौरवलाई विश्वसामु चिनाउने लक्ष्य बोकेको सेफ्स एसोसिएसन अफ नेपाल नेपालको पहिलो तथा सबैभन्दा पुरानो सेफ संस्था हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ