काठमाडौं । समर्थगुरु संघ नेपालले आगामी १२ देखि १४ मे २०२५ सम्म काठमाडौंको होटल हिमालयमा “ध्यान योग“ र “धर्म दृष्टि“ कार्यक्रम आयोजना गर्ने भएको छ। बिहान ७ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने यस तीनदिने कार्यक्रममा सहभागीहरूले जीवन र ध्यानको गहिरो अनुभव तथा परिवर्तनकारी समझ प्राप्त गर्ने अवसर पाउने छन्।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूले ९८५१११३१२३ वा ९८६७६४८५३३ मा सम्पर्क गर्न सक्नेछन्, साथै info@samarthgurusanghnepal.com मा इमेल मार्फत जानकारी लिन सकिनेछ। आयोजकका अनुसार सिट संख्या सीमित रहेकोले समयमै दर्ता गर्न अनुरोध गरिएको छ।
कार्यक्रमले “धर्मिकता र विज्ञान“, “समाधि तथा साक्षीभाव“ लगायतका विषयमा विशेष ध्यान दिनेछ। आयोजकका अनुसार यो ध्यान यात्रा ‘Zorba the Buddha’ र 'Living Master Enlightenment' जस्ता गहन अवधारणासँग सम्बन्धित रहनेछ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


