टोखा, काठमाडौं । गरिबी निवारण र स्वरोजगार प्रवद्र्धनका लागि टोखा नगरपालिकाले ‘लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत १ महिनाको “एडभान्स डल कुशन बनाउने तालिम” सुरु गरेको छ। तालिम वडा नं ३ को वडा कार्यालयको सभाहलमा सञ्चालन भइरहेको छ। टोखा नगरपालिका र वडा कार्यालयको सहकार्यमा सुरु गरिएको तालिमले स्थानीय महिलाहरूलाई सिप सिकाएर स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।
वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोलले भन्नुभयो, 'हाम्रो वडाले महिलाको आत्मनिर्भरता र सीप विकासलाई प्राथमिकता दिएको छ। यस तालिममार्फत महिलाहरूले आफ्नो सीप देखाएर व्यवसाय गर्न सक्ने अवसर पाउनेछन् ।'
त्यस्तै वडा सचिव सानु श्रेष्ठले “हामीले महिलाहरूको आत्मनिर्भरता र घरेलु उद्यमलाई प्राथमिकतामा राखेर यो तालिम आयोजना गरेका हौं । तालिममा सहभागीहरूले सिकेका सीपलाई व्यवहारमा उतारेर आय आर्जन गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो” भन्नुभयाे ।
वडा सदस्य शान्ता राईले महिलामैत्री कार्यक्रमको आवश्यकता औंल्याउँदै भन्नुभयो, “महिलाहरू घरभित्रको मात्रै नभई घरबाहिरको आयआर्जनमा पनि सक्षम बन्नुपर्छ भन्ने सोचले यस्तो तालिम दिइएकाे हाे । यो सिपले उहाँहरूलाई आत्मनिर्भर बनाउने विश्वास लिएका छौं।”
टोखा नगरपालिकाले “कला संस्कृतियुक्त, स्वस्थ, समुन्नत टोखा नगर“ भन्ने नाराका साथ विभिन्न लघु उद्यमहरूमा सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएकाे र स्थानीयस्तरमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धन गर्न यस्ता तालिमहरू महत्वपूर्ण मानिन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


