काठमाडौं । नेपाली विद्यार्थी संघ, त्रि–चन्द्र बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसको समग्र सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास र सुशासन कायम गर्न माग गर्दै क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको छ ।
क्याम्पस प्रमुख डा. नीलम श्रेष्ठ, विद्यार्थी कल्याण प्रमुख ज्योति गिरी, सहायक क्याम्पस प्रमुख बालकृष्ण पौडेल र अजन्ता आचार्यलाई नेविसंघ त्रि–चन्द्र इकाई समितिले औपचारिक ध्यानाकर्षण पत्र बुझाएको हो । नेविसंघ त्रि–चन्द्र इकाई समितिका अध्यक्ष अमृत शाहीका अनुसार क्याम्पसमा विगतदेखि जारी व्यवस्थापकीय अव्यवस्था, पठनपाठनको प्रभावहीनता, विद्यार्थी सुविधाको कमी र पारदर्शिता अभावजस्ता समस्याको समाधानको माग गर्दै ध्यानाकर्षण गराइएको हो ।
“त्रि–चन्द्रजस्तो ऐतिहासिक संस्थाको शैक्षिक र भौतिक अवस्था खस्कँदो हुनु दुःखद कुरा हो,“ अध्यक्ष शाहीले बताए, “हामी यो संस्थाको पुनःगौरव स्थापनार्थ विद्यार्थीको आवाज बुलन्द बनाइरहेका छौं। यदि प्रशासनले मागहरू बेवास्ता गर्यो भने हामी थप संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुनेछौं।“ 


.gif)




 x 450 (H) Global Pana.jpeg)


