Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जिसस कास्कीद्वारा बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक कास्कीका पालिकाहरू मध्यम जोखिममा : जिसस प्रमुख पौडेल


ग्लोबल पाना
मंगलबार, वैशाख १६ २०८२
  • 321
    SHARES

  • images
    जिसस कास्कीद्वारा बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक कास्कीका पालिकाहरू मध्यम जोखिममा : जिसस प्रमुख पौडेल

    १६ बैशाख, पोखरा । जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) को नतिजा सार्बजनिक गरेको छ । जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार कूल सय अन्कभारमा रूपा गाउँपालिकाले ६८%,अन्नपूर्ण गाउँपालिकाले ६६.५ %,मादी गाउँपालिकाले ६१.५ %,पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ % प्राप्त गरे ।

    images
    images
    images

    कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्बजनिक गरे लगत्तै कास्कीका पालिकाहरूको बित्तिय सुशासनको अबस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गर्नु भयाे । प्रमुख पौडेलले ४०% भन्दा तल उच्च जोखिम, ४०% बाट ८० % सम्म मध्यम जोखिम र ८० भन्दा माथी अन्क प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी बर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने बताउनुभयो ।

    बित्तीय सुशासनको बिषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो । उन्नत खालको सुशासन उत्कृष्ट बित्तिय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो ।

    प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख, उप- प्रमुख, प्रशासकिय अधिकृत, कर्मचारी, संचारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ