Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकाको प्रतिष्ठित ‘Yonkers Observer’ मा युवा पत्रकार एचबी ताम्राकारको कथा प्रकाशित


ग्लोबल पाना
बुधबार, वैशाख १७ २०८२
  • 699
    SHARES

  • images
    अमेरिकाको प्रतिष्ठित ‘Yonkers Observer’ मा युवा पत्रकार एचबी ताम्राकारको कथा प्रकाशित

    न्युयोर्क, अमेरिका । अमेरिकाको प्रभावशाली मिडिया नेटवर्क Yonkers Observer ले नेपाली युवा पत्रकार एचबी ताम्राकारमाथि केन्द्रित विशेष रिपोर्ट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाउन लायक सम्मानजनक स्थान प्रदान गरेको छ ।

    images
    images
    images

    Washington DC, New York र Toronto जस्ता ठूला मिडिया हबहरूबाट प्रसारण गरिएको उक्त रिपोर्टमा एचबी ताम्राकारको पत्रकारितामा योगदान, सामाजिक चेतना, र नेपाली डायस्पोरासँगको सम्वद्धतालाई अत्यन्तै सकारात्मक ढंगले प्रस्तुत गरिएको छ ।

    कञ्चनपुरको कृष्णपुरमा जन्मिएका ताम्राकार हाल जापानमा रहेर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् । ओएस नेपाल मिडियामार्फत उनले पूर्वप्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय व्यक्तित्वसम्मका एक्सक्लुसिभ अन्तरवार्ता, समाजसेवामा अग्रणी भूमिका, र प्रवासी नेपालीबीच सशक्त उपस्थिति कायम गरेका छन् ।

    Yonkers Observer को रिपोर्टमा ताम्राकारलाई “Global Voice from Nepal” भनेर विशेष उल्लेख गरिएको छ। रिपोर्टमा भनिएको छ, “उनको रिपोर्टिङ्गमा भावनाको गहिराई, तथ्यको सशक्तता र जनताको आवाज समेट्ने अद्वितीय क्षमता पाइन्छ । उनी केवल पत्रकार मात्र होइनन्, एक सामाजिक प्रेरणाका स्रोत पनि हुन्।”

    यस रिपोर्टले न केवल एचबी ताम्राकारको व्यक्तिगत पहिचानलाई अन्तर्राष्ट्रिय बनाएको छ, तर नेपाली पत्रकारिता समुदायकै शिर उच्च पार्ने काम गरेको छ । Yonkers Observer जस्तो अमेरिकाको प्रभावशाली र मर्यादित प्लेटफर्ममा नेपाली पत्रकारको विषयमा पहिलोपटक यति गहिरो विश्लेषण आउनु नेपाली मिडिया जगतको लागि एक ऐतिहासिक उपलब्धि मानिएको छ ।

    यस उपलब्धिप्रति नेपाली मिडिया, सामाजिक संस्था र प्रवासी समुदायले ताम्राकारलाई बधाई र सम्मान व्यक्त गरिरहेका छन् । यो रिपोर्ट नेपाली युवा पत्रकारहरूले अन्तर्राष्ट्रिय मञ्चमा पनि चम्किन सक्ने स्पष्ट प्रमाण बनेको छ । एचबी ताम्राकार अब केवल पत्रकार होइनन्, नेपालका लागि अन्तर्राष्ट्रिय सम्मानका पात्र हुन् ।

    Report Link:

    https://yonkersobserver.com/hb-tamrakar-founder-of-international-humanity-group-a-life-devoted-to-people-purpose-and-press/

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ