Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शारीरिक चुनौतीलाई जित्दै : निरन्तर सरकारी सेवा, सामाजिक अभियान र साहसिक यात्रामा यकिन दाहालको योगदान


सोमबार, वैशाख २२ २०८२
  • 606
    SHARES

  • images
    शारीरिक चुनौतीलाई जित्दै : निरन्तर सरकारी सेवा, सामाजिक अभियान र साहसिक यात्रामा यकिन दाहालको योगदान

    काठमाडौं । शारीरिक चुनौतीलाई प्रेरणामा रूपान्तरण गर्दै यकिन दाहालले निरन्तर सरकारी सेवा, सामाजिक अभियान, साहित्यिक अभिव्यक्ति र साहसिक यात्रामा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ । विगत १३ देखि नेपाल सरकारको स्थायी सेवाको विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै, उहाँले समाज रूपान्तरणमा सशक्त उपस्थिती जनाउँदै आउनुभएको पाईन्छ  ।

    images
    images
    images

    नेपालकै पहिलो साहसिक पैदल टोलीका सदस्यका रूपमा उहाँले कठिन हिमाली भू–भाग पार गर्दै मुक्तिनाथको यात्रालाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो । त्यत्तिमात्र होइन, जीपलाइन, रयाफ्टिङ, प्याराग्लाइडिङजस्ता साहसिक गतिविधिमा पनि उहाँको सहभागिता, आत्मबल र जीवनप्रतिको सकारात्मक दृष्टिकोण झल्कन्छ ।

    सशस्त्र द्वन्द्वपछिको संक्रमणकालीन समयमा शक्तिखोरस्थित UNMIN कार्यालयमा कार्यरत रहँदा माओवादी लडाकुहरूको शिविरमा संवेदनशील जिम्मेवारी सम्हाल्नु, उहाँको कार्यक्षमता र निष्ठाको प्रमाण हो । साथै निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली पाइलट प्रोजेक्टमा समेत उहाँको सक्रिय सहभागिता रह्यो ।

    समुदायमा आधारित पुनःस्थापन (CBR) कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूसँग प्रत्यक्ष सहकार्य गर्दै समावेशी समाज निर्माणमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो शारीरिक अवस्थालाई अवरोध नभई अवसरको रूपमा स्वीकार्दै, उहाँले सामाजिक विभेद, पारिवारिक कठिनाइ र थुप्रै अफ्ठ्याराहरूको सामना गर्नुपरेको अनुभवलाई चेतनामूलक अभियानमा रूपान्तरण गर्नुभएको छ ।

    उहाँ अपाङ्गता अधिकारको सशक्त पक्षपोषकका रूपमा सकारात्मक दृष्टिकोण, पहुँचयुक्त संरचना, समावेशी नीति र समान अवसरको वकालत गर्दै समुदायमा चेतना फैलाउने र सामाजिक सबलीकरणको अभियानलाई निरन्तरता दिइरहनुभएको छ ।

    म एक्लो यात्रु होइन, उहाँ भन्नुहुन्छ, "आज म जहाँ छु, त्यो मेरो घर–परिवार, साथीभाइ र इष्टमित्रहरूको माया, साथ र निरन्तर हौसलाको परिणाम हो । मैले आफ्नो जीवन यात्रालाई पहिले नै नाफामा लगिसकेको छु । अब समाज र राष्ट्र सेवामा थप केही योगदान दिन चाहन्छु ।"

    यकिन दाहालको जीवन संघर्ष, आत्मबल, सामाजिक उत्तरदायित्व र सामूहिकताको उज्यालो दियो हो जुन आजको समाजका लागि गहिरो प्रेरणाको स्रोत बन्नेछ ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ