Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अबको यात्रामा हामी सबै समर्पण, समझदारी र सहकार्यका साथ अगाडि बढ्नेछौं: पूर्वअध्यक्ष थापा


ग्लोबल पाना
मंगलबार, वैशाख २३ २०८२
  • 454
    SHARES

  • images
    अबको यात्रामा हामी सबै समर्पण, समझदारी र सहकार्यका साथ अगाडि बढ्नेछौं: पूर्वअध्यक्ष थापा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन।

    images
    images
    images

    वैशाख २० र २१ गते सम्पन्न उक्त महाधिवेशनले अनेकौँ जटिल परिस्थिति र संवेदनशील मोडहरू पार गर्दै आपसी समझदारी, समावेशिता र साझा उत्तरदायित्वको गहिरो अभिव्यक्ति दिएको उल्लेख​ ग​र्दै उन​ले भ​नेकि छिन​ “यो महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया मात्र थिएन, हाम्रो साझा भावना, सहकार्य र दूरदृष्टिको प्रमाण थियो, जसको प्रत्यक्ष अनुभूति मैले स्वयम गरेकी छु।”

    थापाले विश्वभरबाट सहभागी प्रतिनिधिहरूको सक्रियता र सहभगिताले सम्मेलनलाई अझ गौरवशाली बनाएको उल्लेख गर्दै सर्वसम्मत रुपमा चयन भएको नयाँ नेतृत्वले संस्थागत स्थायित्व, नीति निरन्तरता र भविष्यदृष्टियुक्त मार्गचित्रप्रति प्रतिबद्धता देखाएको बताइन। “हामी आशावादी छौं, अबको नेतृत्वले पारदर्शिता, समन्वय र समावेशी सोचमार्फत एनआरएनएको मूल भावना ‘एकताबद्ध एनआरएनए’ लाई अझ सशक्त बनाउनेछ,” उनले जोड दिईन ।

    उनले संस्था भित्र मतभेद स्वाभाविक भए पनि विभाजन न​भाई, समाधान खोज्ने संस्कृति स्थापना गर्नु नै एनआरएनएको विशिष्टता भएको बताइन। “एनआरएनए फुटको होइन, जुटको प्रतीक बनोस्,” भन्ने भावनासहित उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै भ​नेकी छिन​, “अबको यात्रामा हामी सबै समर्पण, समझदारी र सहकार्यका साथ अगाडि बढ्नेछौं,” ।

    साथै उन​ले महाधिवेशन सफल बनाउन योगदान गर्ने सम्पूर्ण सदस्य, सहयोगी, र सञ्चारकर्मीहरूप्रति विशेष आभार व्यक्त ​गरेकी छिन​ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ