Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टोखा नगरपालिका–३ मा क्रिस्टलको माला बनाउने तालीम सुरु


ग्लोबल पाना
मंगलबार, वैशाख २३ २०८२
  • 1,269
    SHARES

  • images
    टोखा नगरपालिका–३ मा क्रिस्टलको माला बनाउने तालीम सुरु

    टोखा, काठमाडौं । टोखा नगरपालिका–३, सरस्वतीमा आजबाट क्रिस्टलको माला बनाउने तालीम सुरु गरिएको छ। वडा कार्यालयको आयोजनामा सुरु भएको उक्त तालीमको औपचारिक उद्घाटन एक कार्यक्रमबीच सम्पन्न भयो ।

    images
    images
    images

    तालीम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रमेश डंगोलले उद्यमशीलता र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता तालिमको आयोजना गरिएको बताए । उनले वडा कार्यालयले सधैं सीपमूलक तालिममार्फत स्थानीय युवायुवती र महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष डंगोल सामाजिक विकासमा सक्रिय, निस्वार्थ सेवा भावले अघि बढ्ने जनप्रतिनिधिका रूपमा चिनिन्छन् ।

    कार्यक्रमको संयोजन वडा सचिव सानु श्रेष्ठले गरेका थिए । सचिव श्रेष्ठ दीर्घकालीन सेवाप्रति समर्पित, कुशल प्रशासक तथा समुदायसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयनमा सशक्त भूमिका खेल्ने कर्मचारीको रूपमा परिचित छन् । तालीम व्यवस्थित रूपमा संचालन गर्न उनले सक्रिय पहल गरेका थिए ।

    वडा सदस्य शान्ता राईले कार्यक्रममा सहभागी महिलाहरूलाई शुभकामना दिँदै तालीमलाई सफल र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सामाजिक कार्यमा सक्रिय र समुदायमै केन्द्रित रहेर महिलाको सशक्तिकरणमा क्रियाशील सदस्य राईको उपस्थिति कार्यक्रमको थप प्रेरणादायी पक्ष बन्यो ।

    कार्यक्रम २०८२ साल बैशाख २३ गते वडा कार्यालय परिसरमा सम्पन्न भएको हो । आयोजकका अनुसार तालीमले स्थानीय महिलाहरूलाई रोजगारीमूलक सीपमा दक्ष बनाउँदै स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ