Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिल्टन होटल बिक्रीबारे अफवाहः सञ्चालक समूहको खण्डन


ग्लोबल पाना
आइतबार, वैशाख २८ २०८२
  • 393
    SHARES

  • images
    हिल्टन होटल बिक्रीबारे अफवाहः सञ्चालक समूहको खण्डन

    काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा “हिल्टन होटल बिक्रीमा“ विषयक समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेका सन्दर्भमा हिल्टन होटल सञ्चालक समूहले ती समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। हयाटस्पिटालिटी ग्रुप लिमिटेडद्वारा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल हिल्टन काठमाडौं बिक्री प्रक्रिया कतैबाट सुरु नगरिएको समूहको भनाइ छ।

    images
    images
    images

    यस्ता भ्रामक समाचारहरूले व्यवसाय, राजनीतिक व्यक्ति र संस्थाको छवि कमजोर पार्ने प्रयास भएको भन्दै समूहले आपत्ति जनाएको छ। साथै, राजनीतिक जीवन र व्यवसायसँग अनावश्यक रूपमा जोडीएका समाचारले कानुनी कारबाहीको बाटो रोजिने चेतावनी दिइएको छ।

    सञ्चालक समूहले यस्तो संवेदनशील विषयमा आधिकारिक पुष्टि बिना समाचार लेखिएकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार बन्न अपिल गरेको छ। होटलले पूर्ववत रूपमा आफ्ना अतिथि, साझेदार र हितधारकहरूलाई दीर्घकालीन सेवा र उच्चस्तरीय आतिथ्यता प्रदान गर्न प्रतिबद्ध रहेको जानकारी समेत दिइएको छ।

    Screenshot (85).png
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ