काठमाडौं, ३१ वैशाख २०८२ । सन् २००० मा स्थापना गरिएको Voice of Children (बाल आवाज) संस्थाले दुर्व्यवहार, शोषण, उपेक्षित, परिवारबाट अलग्गिएका बालबालिकाहरूको हक हित र अधिकार प्राप्तिका लागि वकालत तथा पैरवी गर्दै आएको छ । यसै क्रममा उनीहरूको लागि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यसै क्रममा वैशाख ३१ गते बुधवारका दिन Voice of Children (बाल आवाज) को आयोजना तथा Violence Against Boys National Network (VAB), हामी दाजुभाइ, फेमेली, OAK फाउण्डेशन लगायताका सामाजिक संस्थाहरूको सहकार्यमा काठमाडौँमा आयोजना गरेको बालकहरू प्रति हुने यौन हिंसा विरुद्ध निलो छाता अभियान (Blue Umbrella Campaign) को विषयमा छलफल गरियो ।
सो छलफल कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालिकाहरूको तुलनामा बालकहरूको पीडा नसुनिने हुँदा बालकहरू पीडित हुन परेको र न्याय प्राप्त गर्ने निकाय सम्म पुग्न नसकेको बताउनु भयो ।
बालक र बालिका बिचमा रहेको नीतिमा समानताका लागि सबैले पैरवी गर्न आवश्यक रहेको भन्दै Voice of Children (बाल आवाज) ले गरेको कार्य प्रशंसायुक्त रहेको, बालकहरूको सुरक्षाका लागि थालनी गरिएको हस्ताक्षर अभियानमा सबैले एक्यवद्ता जनाउनु पर्ने र राष्ट्रिय बाल अधिकार परिषद्का तर्फबाट पनि बालक माथि हुने यौन दुर्व्यवहारका सवालमा रहेको विभेदपूर्ण कानुन संशोधनका लागि पहल गर्ने भन्दै बालकहरू प्रति हुने यौन हिंसा न्यूनीकरणका लागि सन् २०२१ को अप्रिल १६ देखि निलो छाता दिवस मनाउन सुरु गरिएको यस दिवसले बालकहरू प्रति हुने यौन दुर्व्यवहार, हिंसा र शोषणबाट सुरक्षित राख्नका लागि सहयोग गर्ने बताउनु भयो ।
सो कार्यक्रममा आयोजक संस्था Voice of Children (बाल आवाज) का संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक कृष्ण कुमार थापाले बालकहरू माथि हुने यौन हिंसा विरुद्ध निलो छाता अभियान (Blue Umbrella Campaign) सञ्चालन गरिएको र यस अभियानमा अफलाइन र अनलाइनबाट विश्वभरिबाट १ लाख हस्ताक्षर सङ्कलन गरी संयुक्त राष्ट्र संघमा बुझाउने लक्ष्य रहेको र हाल सम्म नेपालबाट मात्रै करिब ४० हजार हस्ताक्षर सङ्कलन भई सकेको र उनीहरूको सुरक्षाका लागि जनचेतना जगाउन यस निलो छाता (Blue Umbrella Campaign) र हस्ताक्षर अभियानले सहयोग गर्ने बताउनु भयो ।
त्यसै गरी त्यसै गरी बालबालिका खोजतलास केन्द्रका DSP महेश थापाले प्रहरीमा दर्ता हुन आएका यस्ता मुद्दाहरूलाई गम्भीरताका रूपमा अध्ययन गरी पीडकलाई कानुनी कारबाही गर्नु पर्ने र पीडितलाई न्याय दिनु पर्ने कुरामा जोड दिनु भयो भने वरिष्ठ पत्रकार टंक पन्तले यस्ता विषयहरूलाई उठान गर्न सञ्चार जगतको महत्त्वपूर्ण भूमिका रहने र आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताउनु भयो ।
Voice of Children (बाल आवाज) ले काठमाडौँमा आयोजना गरेको बालकहरू प्रति हुने यौन हिंसा विरुद्ध निलो छाता अभियान (Blue Umbrella Campaign) को विषयमा गरिएको छलफलमा Voice of Children (बाल आवाज) का उपनिर्देशक राजु घिमिरेले बालिकाहरू मात्रै नभएर बालकहरू पनि विभिन्न समयमा यौन हिंसामा पर्ने यसमा बढी जोखिममा सडक बालकहरू, हिंसामा पर्ने गरेको पाइएको र उनीहरूको न्यायका लागि Voice of Children (बाल आवाज) ले सन् २००० देखि संस्था स्थापना गरेर काम गर्दै आएको बताउनु भयो ।
सन् २०२५ मा सार्वजनिक गरिएको ल्यासेन्ट पब्लिकेशनमा प्रकाशित अध्ययनको रिपोर्ट अनुसार विश्वमा १४.८ प्रतिशत पुरुषहरूले १८ वर्षको उमेर अगाडी नै यौन हिंसा भोग्न परेको तथ्याङ्क सार्वजनिक भएको सो कार्यक्रममा जानकारी गराइएको थियो । वरिष्ठ पत्रकार बबिता बस्नेतले बालकहरू यौन हिंसामा पर्ने वा पर्न सक्ने विषयहरूमा कमै मात्रमा बहस हुने गरेको कारण उनीहरूको सुरक्षाबारे अभिभावकहरूले पनि त्यति ध्यान दिन नसकेको, कतिपय अवस्थामा परिवारका सदस्यहरूबाट यस्ता हिंसाहरू हुने र ती हिंसाहरू लुकाइने गर्दा पनि यस्ता विषयहरूको उजागर हुन नसकेको बताउनु भयो ।
साथै उहाँले अबका दिनमा सबै सरोकारवाला निकायहरू र राज्य स्तरबाट यस विषयमा आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भयो । Voice of Children (बाल आवाज) को आयोजना तथा Violence Against Boys National Network (VAB), हामी दाजुभाइ, फेमेली, OAK फाउन्डेसन लगायताका सामाजिक संस्थाहरूको सहकार्यमा काठमाडौँमा आयोजना गरेको बालकहरू प्रति हुने यौन हिंसा विरुद्ध निलो छाता अभियान (Blue Umbrella Campaign) को विषयमा गरिएको छलफलमा आयोजक संस्था Voice of Children (बाल आवाज) की वरिष्ठ कार्यक्रम प्रबन्धक कृति भट्टराईले बालक माथि हुने यौन हिंसाको बारेमा तथ्याङ्क सहितको प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।
उक्त प्रस्तुतिका क्रममा उहाँले हाम्रो समाजमा रहेका विभिन्न सामाजिक मूल्य, मान्यता, रीतिरिवाज, संस्कृति, परम्परा तथा पितृसत्तात्मक सोचका कारण छोरा मान्छेहरू सधैँ बलियो नै भई रहनु पर्ने भन्ने धारणाको अन्त्य हुन नसक्दा बालकहरूले अर्थात् छोराहरूले आफू माथि हुने गरेको हिंसाबारे आवाज उठाउन नसक्दा मानसिक पीडामा जीवन गुजार्न बाध्य हुन परेको बताउनु भयो । साथै उहाँले युनिसेफको पछिल्लो अध्ययन प्रतिवेदन अनुसार विश्वभरि ४१ करोड देखि ५३ करोड बालक तथा पुरुषहरू अर्थात् हरेक ७ जना मध्ये १ जनाले बाल्यकालमा यौन हिंसा भोगेका हुनेछन् र यसमा पनि २४ करोड देखि ३१ करोड बालक तथा युवा अर्थात् ११ मध्ये १ जनाले बलात्कार तथा यौन हिंसा भोगेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले यस्ता पीडित बालकहरूले कम मात्रमा न्याय पाउने गरेको बताउनु भयो ।
त्यसै गरी उहाँले प्रस्तुतिकै क्रममा सन् २००८ को तथ्याङ्क अनुसार सडक बालबालिकाहरूको विषयमा गरिएको तथ्याङ्कमा ८५ प्रतिशत सडक बालकहरू यौन दुर्व्यवहारमा परेको र पछिल्लो समयमा यस्ता अध्यनहरु नभएकोले बालकहरू माथि हुने यौन दुर्व्यवहारको यकिन तथ्याङ्कमा कमी रहेको कुरामा जोड दिनु भयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


