काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २५ गते साधारण सभा बोलाएको छ । रिइन्स्योरेन्सले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४।५० प्रतिशत बोनस शेयर र ०।२४ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


