Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा सञ्चालनमा, बागमती प्रदेशमा ४७ शाखा पुगे


ग्लोबल पाना
सोमबार, जेठ ५ २०८२
  • 565
    SHARES

  • images
    एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा सञ्चालनमा, बागमती प्रदेशमा ४७ शाखा पुगे
    जेठ ५, सिन्धुली । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुली जिल्ला, कमलामाई नगरपालिका–६ मा आफ्नो १३२औँ शाखा संचालनमा ल्याएको छ। यो शाखासँगै बागमती प्रदेशभित्र बैंकका शाखाहरूको संख्या ४७ पुगेको छ ।

    नवीनतम शाखा उद्घाटन समारोह कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यको संयुक्त उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत संदेश खालिङ, बैंकका कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    समारोहमा बोल्दै मेयर पोखरेलले बैंकको शाखा विस्तारले स्थानीयस्तरमा वित्तीय पहुँच बढाउने विश्वास व्यक्त गरे। उनले एभरेष्ट बैंकबाट गुणस्तरीय सेवा तथा सन्तुलित लगानीको अपेक्षा गरिएको बताए ।

    त्यस्तै, बैंकका अध्यक्ष डा. वैद्यले सिन्धुली शाखामार्फत स्थानीयवासीलाई सबल, सरल, उत्कृष्ट, अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । बैंकले स्थानीय समुदायलाई सहज र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यसहित शाखा सञ्चालनमा ल्याएको जनाइएको छ ।
     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ