काठमाडौं । भारतीय जनता पार्टी (BJP) का वरिष्ठ नेता डा. विजय जोलीले काठमाडौंको लाजिम्पाटस्थित होटल लि हिमालयमा आयोजित पत्रकार सम्मेलनमा हिन्दुत्वको वास्तविक अर्थ स्पष्ट पारेका छन् ।
उनले भने, "हिन्दुत्व भनेको आतंक वा हिंसा होइन, यो सहिष्णुता र सम्मानको कुरा हो । हिन्दु धर्मले कसैलाई चोट पुर्याउँदैन, तर आफ्नो आत्मसम्मान र धर्मका लागि दृढतापूर्वक लड्छ । हिन्दु धर्मले अन्य धर्मप्रति सम्मान देखाउँछ र कसैलाई अपमान गर्ने कुरा हिन्दुत्वमा छैन । हिन्दुत्वले सबैलाई समान अधिकार र सम्मान दिन्छ ।"
नेपाल र भारतबीचको गहिरो सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धको कुरा गर्दै डा. जोलीले भने, "नेपाल मेरो लागि आध्यात्मिक पुनर्जन्म जस्तो अनुभव हो । यहाँको माटोले हिन्दुत्वको गहिरो जरा महसुस गराउँछ र म यहाँको मित्रता र सद्भावलाई अत्यन्त महत्त्व दिन्छु ।"
नेपालमा हिन्दु राष्ट्रको भावना समर्थन गर्दै उनले भने, "नेपालमा लगभग ८१ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्बी छन् र उनीहरू हिन्दु राष्ट्र चाहन्छन् । म यो अभियानलाई पूर्ण रुपमा समर्थन गर्छु र यसलाई सफल बनाउन चाहन्छु ।"
डा. विजय जोलीको यो भनाइले हिन्दुत्वको सही समझ र सहिष्णुता प्रवर्द्धन गर्ने उद्देश्य राखेको देखिन्छ । उनले स्पष्ट पारेका छन् कि हिन्दुत्व आतंकवाद वा हिंसाको समर्थक होइन, बरु शान्ति र सम्मानको मार्ग हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


