काठमाडौं । काठमाडौंकाे व्यस्त बसपार्क क्षेत्र विजि मलको अगाडि सञ्चालनमा आएको "लुम्बिनी तन्दुरी रेष्टुरेन्ट एण्ड क्याफे" छोटो समयमै उत्कृष्ट स्वाद, सेवा र वातावरणको कारण ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ ।
यस रेष्टुरेन्टका सञ्चालक केशव भट्टराई, अर्घाखाँची जिल्लाको धनचौरका स्थायी बासिन्दा हुन् । स्नातकोत्तर शिक्षासम्मको अध्ययन पूरा गरेका भट्टराई एक इमानदार, दूरदर्शी र सेवामुखी युवा व्यवसायीका रूपमा परिचित छन् ।
शिक्षालाई व्यवहारमा उतार्दै उनले होटल व्यवसायमा पनि शुद्धता, सेवा र सन्तुष्टि का मूल्यहरूलाई आत्मसात गरेका छन् । उनी भन्छन्, "ग्राहक सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो । राम्रो सेवा दिन सकेँ भने त्यो नै मेरो सफलताको आधार हो ।"
भट्टराईको यस रेष्टुरेन्टमा सफा वातावरण, आकर्षक साजसज्जा, स्वादिलो खाना खाजा र आत्मीय व्यवहार पाइन्छ । यहाँ आउने ग्राहकलाई परिवारसँग समय बिताएजस्तै अनुभूति हुन्छ । रेष्टुरेन्टको सादा तर व्यवस्थित सेटअप र गुणस्तरीय खाना यहाँको पहिचान बन्न थालेको छ ।
ग्राहकलाई थप सन्तुष्टि दिने उद्देश्यले हरेक शनिबार यहाँ ड्रिङ्क्समा MRP मूल्यमै अफर दिइँदै आएको छ । यो योजना विशेष गरी मूल्यको पारदर्शिता र ग्राहक–मैत्री सोच लाई प्रतिबिम्बित गर्छ, जसले गर्दा हरेक वर्गका मानिसहरूलाई आकर्षित गर्न सफल भएको छ ।
केशव भट्टराईको यो प्रयास व्यवसायिक सफलताको मात्र होइन, युवा पुस्ताले पारदर्शिता, सेवा र जिम्मेवारीको भावना बोकेर व्यवसायमा पनि सफल हुन सक्छन् भन्ने उदाहरण बनेको छ। स्थानीय युवाहरूका लागि पनि उनी प्रेरणाको स्रोत बन्दै गएका छन्, जसले शिक्षा र व्यवसायलाई समानान्तर रूपमा अघि बढाउने बाटो देखाएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


