गैंडाकोट, नवलपरासी । “शिक्षा हाम्रो हतियार, नशा विरुद्धको प्रतिकार” भन्ने मूल नाराका साथ एन.सि.सि. अल्मुनाई एशोसिएशन नेपाल, नवलपरासी (ब.सु.पूर्व) कार्यसमितिको आयोजनामा नगर बाल सञ्जाल गैंडाकोटसँगको सहकार्यमा लागुऔषधविरुद्ध सचेतनामूलक नाटक तथा वृहत र्याली “र्याली - ०८२” भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर प्रमुख श्री मदन भक्त अधिकारी थिए भने अध्यक्षता एशोसिएशनका निर्देशक श्री विशाल सापकोटाले गर्नुभयो। नगर बाल सञ्जाल गैंडाकोटका अध्यक्ष श्री संसार सापकोटाले संयोजन गर्नुभएको कार्यक्रममा नगर उप–प्रमुख श्रीमती शान्ति कोइराला, श्री नं. २ वन तथा वातावरण सुरक्षा गणका गणपति प्र.से. श्री प्रकाश अधिकारी, राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्र.से. श्री दिनेश चौलागाई लगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रममा जिल्ला प्रहरी, जिल्ला ट्राफिक प्रहरी, सशस्त्र प्रहरी नं. ३१ गण, जिल्ला समन्वय समिति नवलपुर, विभिन्न वडाका जनप्रतिनिधिहरु, गैंडाकोट नगरपालिकाका शाखा प्रमुखहरू, इन्जिनियर तथा विभिन्न सामाजिक एवं शैक्षिक क्षेत्रका व्यक्तित्वहरूले सक्रिय सहभागिता जनाए।
यस अवसरमा लागुऔषधको प्रयोग र त्यसका असरबारे चेतना जगाउने उद्देश्यले नाटक प्रस्तुत गरिनुका साथै नगरभर वृहत र्याली निकालिएको थियो। कार्यक्रममा पास आउट क्याडेट, स्काउट्स, नगर र वडा बाल सञ्जालका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी लगायत गरी करिब २८० जनाको सहभागिता रह्यो।
एशोसिएशनले कार्यक्रममा सहयोग गर्ने सबै पक्षहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


