Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीलाई पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२


ग्लोबल पाना
शनिबार, जेठ १० २०८२
  • 440
    SHARES

  • images
    नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीलाई पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२

    ललितपुर । आँट, साहस र धैर्यका प्रतिक एवम् बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन नेपालले साहित्य क्षेत्रमा अतुलनीय योगदान दिएवापत पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२ प्रदान गरिएको छ।। नेपाली नोबल साहित्यका बिक्रम भक्त जोशीलाई पहिलो पल्ट संसार साहित्य तारा सम्मान २०८२ प्रदान गरिएको हो। सिनेमा, संगीत र कला क्षेत्रमा लागेका कलाकारहरुको योगदानको कदर गद्र्रआएको संसार क्रियशन नेपाल साहित्य क्षेत्रमा लागेका साहित्य सिल्पी स्रष्टाहरुलाई सम्मान दिन अग्रसर हुनेक्रममा नेपाली नोबल साहित्यकार जोशीलाई उक्त सम्मान प्रदान गरिएको जनाएको छ । नेपाली साहित्य क्षेत्रमा बेखामान र राक्षस नामक बाल

    images
    images
    images

    कृतिको अलावा व्यापक चर्चामा रहेको निकथा कृति चोभार–ब्लुजको कारण चर्चाको शिखरमा रहेका स्रष्टा जोशीलाई संसार साहित्य तारा सम्मान २०८२ ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुखको प्रमुख आतिथ्यता तथा युगिन कलाकार पवन जोशी, युगप्रेरक लेखक तथा निर्देशक प्रकाश सायमी लगायतको विशेष आतिथ्यतामा बिहीवार आयोजित भव्य तथा सभ्य कार्यक्रम वीच प्रदान गरिएको आयोजक संसार क्रियशन नेपालले भनेको छ ।

    कुनैपनि स्रष्टालाई चिनाउने भनेको उनको एउटै कृति नै काफी भन्ने कुरा संसार साहित्य तारा सम्मान २०८२ वाट सम्मानित स्रष्टा जोशीको चोभार ब्लुज कृतिले पुष्टि गरेको छ। १९ वटा निकथा रहेको चोभार ब्लुज १९ वटा कृति बराबरको एक कृति भएको कारण पनि यसको महत्व अझ धेरै भएको कार्यक्रममा उपस्थित स्रष्टाहरुको ठहर रहेको छ। यिनै सम्मानित स्रष्टा जोशीको अमर कृति चोभार ब्लुज दुई बर्षयता बेस्ट सेलिङ कृतिमा पनि दर्जित भैसकेको कारण यसको दोश्रो संस्करण आगामी महिनाभित्र आउने जानकारी पनि स्रष्टा जोशीले दिएका छन् । प्रकाशन मिति–२०८२ साल जेठ १० गते शनिवार ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ