Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सेफ केदार सिलवालको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना


ग्लोबल पाना
आइतबार, जेठ ११ २०८२
  • 761
    SHARES

  • images
    सेफ केदार सिलवालको  सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

    काठमाडौं । सेफ्स एशोसिएसन अफ नेपालका संस्थापक मुर्धन्य सेफ केदार सिलवालको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । सेफ केदार सिलवालको निधनको १३ औ दिनको तिथिमा सेफ्स एशोसिएसन अफ नेपालको केन्द्रीय कार्यलय रानीबारीमा श्रद्धाञ्जली सभा गरिएको छ।

    images
    images
    images

    श्रद्धाञ्जली सभामा सेफ्स एशोसिएसन अफ नेपालका अध्यक्ष रेशम कुमार लामा तामाङले “ सिलवालको निधनले हामीले एक अनुभवी अगुवा, समर्पित सदस्य र सशक्त अभिभावक गुमाएका छौं। उहाँको अतुलनीय योगदान सदैव स्मरणीय रहने बताए ।

    संस्थाको तर्फबाट सम्पूर्ण पदाधिकारी, पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमिति सदस्यहरू तथा सम्पूर्ण सदस्यहरूले स्वर्गीय सेफ केदार सिलवालप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै, उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

    साथै, शोकसन्तप्त परिवारजन, आफन्तजन तथा प्रियजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्य र सहनशक्तिको कामना गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ