Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गर्भपतनको अधिकार महिला मानवअधिकार हो : अपराधिकरण अन्त्य गर्न जोड


ग्लोबल पाना
बुधबार, जेठ १४ २०८२
  • 453
    SHARES

  • images
    गर्भपतनको अधिकार महिला मानवअधिकार हो : अपराधिकरण अन्त्य गर्न जोड

    काठमाडौं । ‘गर्भपतनको अधिकारः प्रजनन स्वास्थ्य अधिकार’ विषयक सचेतना कार्यक्रम बुधबार काठमाडौंमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको अवसरमा महिला, कानुन र विकास मञ्च (FWLD) तथा सेन्टर फर रिप्रोडक्टिभ राइट्स (CRR)को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रममा सांसद, अधिकारकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुलाई कविता, वृत्तचित्र, संगीत र नाटकमार्फत् महिलाको प्रजनन अधिकारबारे सचेतना दिइयो । अन्तर्राष्ट्रिय सन्धी, राष्ट्रिय कानुन र सर्वोच्च अदालतका व्याख्याका आधारमा गर्भपतन अधिकारलाई मानवअधिकारको एक महत्वपूर्ण अंगका रूपमा लिनुपर्नेमा जोड दिइएको थियो । FWLD की सचिव लक्ष्मी पोखरेलले अनइच्छुक गर्भपतन गर्न पाउने अधिकार कुण्ठित गर्नु महिलामाथिको हिंसा भएको बताउँदै अपराध संहिता र सुरक्षित मातृत्व ऐनमा संशोधन आवश्यक रहेको औँल्याइन् ।

    ‘सहयात्रा’ वृत्तचित्रमार्फत् गर्भपतनसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको प्रभाव र समस्याहरु उजागर गरियो। कवि पुरुषोत्तम मिश्रले प्रस्तुत गरेको ‘एउटी आमाको प्रश्न’ शीर्षक कविता र शैली थिएटर तथा भिजिबिलिटी इम्प्याक्ट समूहको नाटक र संगीतमार्फत् विषयलाई सशक्त रूपमा उठान गरिएको थियो ।

    कार्यक्रमको अध्यक्षता FWLD की अध्यक्ष गिता अर्यालले गरेकी थिइन् भने CRR का प्रतिनिधि प्रभाकर श्रेष्ठले सबैलाई गर्भपतन अधिकारको अभियानमा एकजुट हुन आह्वान गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ