✍️शरद पौडेल
डेरा भन्न नपाइ हामीलाइ झट्ट दिमागमा आइ हाल्छ, अरूको घरमा पैसा तिरेर भाडामा वस्ने कृयाकलाप हो भनेर । १७ वर्ष डेरामा वस्दा धेरै आरोह अवरोह भोगेको छु मैले पनि । डेरामा वस्ने मानिस भन्न नपाइ सुकुम्वासी जस्तो व्यवहार गरिन्छ । घरवालाहरूलाइ उच्च घराना मानिदिनु पर्ने अनि हामी डेरामा वस्ने चाही खुम्चिएर वस्नु पर्ने बाध्यता छ, घरवाला र डेरावालाको सम्वन्ध । हामीले भाडा दिएनउ भने मुखमा माड लाग्दैन घरपेटीहरूको, त्यै पनि हामी सुकुम्वासी उनीहरू तथाकथित उच्च घराना ।
न पढेको, न लेखेको, न देखेको, शहरमा एउटा घर हुदैमा उ सम्पन्न, हामी आफ्नो भविष्यको खोजीमा वाध्यतावस दुइचार वर्ष उनीहरूको घरमा वस्नु पर्दा हामीचाही सुकुम्वासी थियौं । त्यो वेलाको डेरामा वस्दाको सवैभन्दा ठूलो समस्या पानीको थियो । हप्तामा एक पटक धारो आउने थियो, घरपेटीले भरी सकेपछि मात्र हामीले पानी थाप्ने पालो आउथ्यो । धेरै समय त आधा वाल्टी भरिएपछि पानी सुक्थ्यो त्यसपछि पानी पाउने भन्ने कुरै थिएन हप्ताभरीमा । त्यसवेला मिनरल वाटरको ब्यवस्था पनि थिएन, भएपनि हाम्रो हैसियत पनि थिएन किनेर खाने । सांझ मानिसहरूले नचिन्ने जस्तो झिसमिसे रात भएपछि तुमलेट बोकेर लगनखेलबाट मंगलवजारको आदर्श कन्या निकेतन स्कूल अगाडिको धारामा गएर पानी थापेर ल्याउनु पर्ने वाध्यता थियो । यसरी धेरै दुख कष्ट गरेर डेरामा वस्ने गर्थौं ।
अझ अर्को दुखको कुरो जव परीक्षा आउथ्यो त्यसवेला त राती १२-१ वजेसम्म पढनु पर्थ्यो । राती १० वजेपछि ढोकामा ढ्यांगढ्यांग गर्न आउथे घरवालाका छोरा छोरीहरू, कति वत्ति वालेको भनेर । जत्ति भनेपनि हाम्रो कुरो सुन्दैन थिए उनीहरू, उनीहरूलाइ एउटै कुरा थाहा थियो हामी घर भएका मान्छे । छोरा छोरीहरू स्कूल पढने थिए तर पनि पढनु पर्छ भने ज्ञान नभएरै त होला १० वजे भित्र वत्ति निभाउनु आदेश दिन्थे छोराछोरीहरू । कत्ति पटक त मेन स्वीच पनि अफ गर्दथे ।
म धेरै जसो शुक्रवार सांझ घर जाने अनि आइतवार डेरामा फर्कने गर्थे । अति भएर सहन नसक्ने भएपछि ५०० वाटको वल्व किनेर ल्याएको थिए । घर जांदा त्यो ५०० वाटको वत्ति फिट गर्ने अनि देख्लान भनेर कपडालाइ चिसो पारेर ढाकेर जाने गर्थे । एकपटक त दिदीबाटउपहार प्राप्त भि सेपको उनको नयां स्वीटेर धोएर वत्ति नजिक राखेर घर गएको आइतवार डेरामा फर्कदा त पूरै डढेछ ।
डेरामा वस्ने क्रममा, घरपेटीको छोरी ९ कक्षामा पढने भइछिन मलाइ अलिअलि हिसाव पढाउंन आउंछ भन्ने कुरो थाहा पाएछन । एकदिन छोरीलाइ हिसाव पढाइदिनु पर्यो भनेर घरपेटी वुढो भन्न आए । मैले भने, पैसा लिएर पढाउने भए पठाइ दिनुस, सांझ १ घन्टा पढाइ दिन्छु । तर मलाइ ट्युसन फिस दिनुपर्छ, फ्रि मा म पढाउंदिन भनिदिए । त्यसपछि कहिल्यै पनि दोहोराएर भन्न आएनन । यसो कहिलेकाही अक्कलझुक्कल भेटदा पढाइ दिए हुन्थ्यो जस्तो भाव छोरीले ब्यक्त गर्थिन तर मैले वास्ता गरिन । किनभने बाबु आमा भन्दापनि वढी डेरामा वस्नेलाइ सुकुम्वासी जस्तो ब्यवहार तिनका दुइ छोरीहरू थिए । हामीले तिरेको भाडाबाट गुजारा भएको छ भन्ने विर्सेर, डेरामा वस्ने मानिस जति जतिसुकै विद्वान, सम्पन्न परिवारको भएपनि तिनीहरूलाइ सुकुम्वासीको दर्जामा राख्थे ति छोरीहरू हामीलाइ ।
अझ सवैभन्दा अर्को घरपेटीको अनुशासन त राती ढिला आउन नपाउने, साथीहरू ल्याउन नपाउने, आफन्त भएपनि महिला ल्याउन नपाउने थियो । पढने क्रममा साथीहरूकहां ढिलासम्म वस्नु पर्ने बाध्यता हुन्थ्यो धेरैजसो । आफू साथीकहां गएपछि साथीहरूलाइ पनि कहिले काही वोलाउनु पर्थ्यो । मान्छे वसेपछि पाहुना त सवैको घरमा आउछन नि । यसमा पनि उनिहरूको ठूलो विरोध र विमति हुन्थ्यो ।
सवैभन्दा दुख त ट्वाइलेटमा थियो । घर वाहिर चर्पी थियो । विहान चर्पी जान पर्यो भने पांच वजेभित्रै जानु पर्ने अवस्था थियो । एउटा मात्र चर्पी थियो । घरपेटीका सातआठ जना परिवारका सदस्य लगायत ८/१० जना हामी डेरामा वस्नेहरूको एउटै चर्पी थियो । कहिले काही अवेर पर्दा वहुत गारो हुन्थ्यो ।
अहिले संझदा हामी कति अभागी देशका नागरिक रहेछौं भन्ने लाग्छ । किनभने म ३०-३५ वर्ष पहिले डेरा वस्दा जस्तो अवस्था भोगेको थिए, अहिले पनि लगभग त्यस्तैत्यस्तै दयनीय अवस्था छ डेरामा वस्नेको । घर हुने ठूलो मानिस, डेरा वस्ने सुकुम्वासी ।
अहिले अवसरको खोजीको कारण राजधानीमा जनसंख्या पनि वढेकोवढ्यै छ । तर पनि डेरा खोज्न घरघरमा गएर पर्दा भए नभएको घर खोज्दै हिडनु पर्ने बाध्यता छ । अफू वस्न चाहेको लोकेशनमा हिडदै जाने जुन घरमा पर्दा लगाएको छ त्यो घरमा कोठा छैन, जुन घरमा पर्दा लगाएको छैन त्यो घरमा कोठा खाली छ भन्ने वुझेर कोठा खोज्ने वाध्यता छ । यदि त्यसरी भएन भने, त्यो लोकेशनमा रहेको खुद्रा पसलेसंग सोधेर डेरा खोज्ने अवस्था छ । खुद्रा पसललेले लोकल ब्रोकरलाइ भनेर डेरा खोजिदिने र दुवैले दुवैपक्षबाट कमिशन खाने चलन छ ।
अझ सवैभन्दा रमाइलो पक्ष त अफ्नो घर कस्तो छ, मैले के के सुविधा दिनु पर्छ, डेरावालाले के के नियमको पालना गर्नुपर्छ केही हुदैन । सुइसुइ दुइचार तला उठायो कोठा वनेपछि भाडा आइगो । अनि कोठाको भाडा कसरी तय गर्ने, कसरी गर्ने केही छैन । भाडाको तय, मेरो घर सानेपामा छ त्यही भएर, मेरो घर वानेश्वरमा छ त्यही भएर, मेरो घर महाराजगंजमा छ त्यही भएर, यसरी भाडा तय भइ रहेको छ । तर आजसम्म पनि डेरा के हो, डेराको मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा अध्ययन गरिएको छ जस्तो लागेको छैन । यदि अध्ययन भएको भए ३०-४० वर्ष पहिलेको जस्तो अवस्था थियो अहिले पनि त्यस्तै नहुनु पर्ने थियो ।
डेरा खोज्नको लागि पर्दा भएको घर र पर्दा नभएको घर खोज्दै हिडने होकि डेराको लागि एक अधिकारीक संस्था वनाएर त्यहीमार्फत खोज्ने व्यवस्था गर्ने हो मैले अझै बुझ्न सकेको छैन । मैले विभिन्न ठाउंमा यहां काम खोजिन्छ, यहां डेराको वन्दोवस्त गरिन्छ भन्ने पनि कागजमा लेखेर टांसेको देखेको छु, ति सवै अधिकारिक होइन जस्तो लाग्छ । एकआद छोडेर अधिकांशले सवै खुद्रा पसले, पान पसले, कपाल काटने हजामले दिएको सूचना बमोजिम काम गर्ने रहेछन ।
वर्षमा अरबौं रूपैयांको ब्यापार हुने डेरा ब्यवसाय न व्यवस्थित छ, न संझौंता छ, न सुविधा नै छ । कोठा वन्यो पैसा फल्यो सकियो, त्यो टिनकै छानाकै किन नहोस त्यसलाइ पनि डेरा भन्नु पर्ने, अनि पैसाको तय घरपेटीले मनमोजी तरिकाले तय गर्न पाउने अचम्मको परम्परा रहेको छ । म ४० वर्ष पहिले जसरी डेरामा वसेको थिए, जसरी डेरा खोज्न भौंतारिन्थे, अहिले पनि उस्तैउस्तै अवस्था देख्दा दुख लाग्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


