Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्व दूध दिवसको अवसरमा खुसी डेरी उद्योगले बालगृहका बालबालिकालाई गरायो दूध सेवन


ग्लोबल पाना
आइतबार, जेठ १८ २०८२
  • 416
    SHARES

  • images
    विश्व दूध दिवसको अवसरमा खुसी डेरी उद्योगले बालगृहका बालबालिकालाई गरायो  दूध सेवन

    काठमाडौं, जेठ १९ । विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका–३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना बालबालिकालाई दूध वितरण गरेको हो ।

    images
    images
    images

    उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारी, नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोज घिमिरे, अप्टिमिस्टिक क्लब अफ डेरी इन्टरप्रेनर्सका सचिव सरोज ओझा, न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, व्यवसायी तथा समाजसेवी हरिशरण फुँयाललगायतको सहभागिता रहेको थियो ।

    बालगृहमा उपस्थित व्यक्तित्वहरूले बालबालिकालाई दूध वितरण गरी उनीहरूसँग समय बिताएका थिए। कार्यक्रमका अवसरमा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारीले बालबालिकालाई दूध खुवाउँदै समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस्तो पुण्य कार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । “दूध पोषिलो आहार हो, यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ,” उनले भने ।

    त्यसैगरी नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष मनोज घिमिरेले डेरी उद्योगले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै दूधको महत्वबारे जानकारी गराए। उनले दूध सन्तुलित आहारको एक महत्त्वपूर्ण हिस्सा भएको र नियमित सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ