काठमाडौं । इलेक्ट्रिक सवारी साधन (EV) को प्रयोग बढेसँगै चार्जिङ पूर्वाधारको आवश्यकता दिनप्रतिदिन बढिरहेको छ। यसै क्रममा ज्योति बहादुर श्रेष्ठ सर्जु रञ्जित र दुर्लभ भण्डारीको सहकार्यमा सुरु गरिएको ईभी चार्जिङ व्यवसाय छोटो समयमा नै फस्टाउँदै गएको छ ।
करीब ६ महिनाअघि प्रारम्भ गरिएको यो व्यवसाय अन्तर्गत हालसम्म देशका मुख्य चार स्थानमा ईभी चार्जिङ स्टेशनहरू स्थापना भइसकेका छन् । तिनीहरूले चार्जिङ स्टेशनहरू विभिन्न व्यस्त क्षेत्रमा मात्र सीमित नराखी देशका केही होटलहरूमा समेत चार्जिङ सुविधा उपलब्ध गराएका छन्, जसले गर्दा पर्यटक तथा यात्रुहरूलाई समेत सहजता प्रदान भइरहेको छ ।
श्रेष्ठ नेतृत्वको टिमले व्यवसायलाई दिगो बनाउँदै लैजानका लागि आगामी दिनमा थप स्थानहरूमा चार्जिङ स्टेशन विस्तार गर्ने तयारी गरेको बताइएको छ। बढ्दो ईभी प्रयोगकर्ताको माग र वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरूको पहल सराहनीय मानिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


