Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विश्व वातावरण दिवस २०२५ः कारितास नेपालद्वारा वातावरण संरक्षणमा सन्देशमूलक कार्यक्रम


ग्लोबल पाना
बिहीबार , जेठ २२ २०८२
  • 276
    SHARES

  • images
    विश्व वातावरण दिवस २०२५ः कारितास नेपालद्वारा वातावरण संरक्षणमा सन्देशमूलक कार्यक्रम

    ललितपुर, धोबिघाट । कारितास नेपालले विश्व वातावरण दिवस २०२५ को अवसरमा वातावरणप्रति सचेतना जगाउने उद्देश्यले एक प्रेरणादायी कार्यक्रम आयोजना गर्‍यो, जसमा ललितपुरको धोबिघाटस्थित ममता रानी स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो ।

    images
    images
    images

    कार्यक्रमको प्रमुख आकर्षणमध्ये एक थियो सामुदायिक जागरुकता र्‍याली, जसको आयोजना कारितास नेपालको पहलमा गरिएको थियो । विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देशसहित ब्यानर बोकेर र नारा लगाउँदै स्थानीय बस्ती परिक्रमा गरे । यसले समुदायमा वातावरणप्रतिको सरोकार र जिम्मेवारीबारे जनचेतना फैलायो  ।

    कार्यक्रम अन्तर्गत कारितास नेपालले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्‍यो, जहाँ विद्यार्थी, शिक्षक र संस्थाका प्रतिनिधिहरूले संयुक्त रूपमा स्कुल परिसर तथा वरपरका क्षेत्रमा हरियाली थप्ने प्रयासस्वरूप बिरुवा रोपे । वातावरण संरक्षणका क्षेत्रमा कारितास नेपालको योगदानप्रति सहभागीहरूले प्रशंसा व्यक्त गरे ।

    बालबालिकालाई सिर्जनात्मक माध्यमबाट वातावरणबारे सोच्न प्रेरित गर्न चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । यहाँ बालबालिकाले जलवायु परिवर्तन, प्रदूषण न्यूनीकरण, हरियाली संरक्षण लगायतका सन्देशहरू रंगमार्फत अभिव्यक्त गरे । कारितास नेपालका प्रतिनिधिहरूले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै भने, “हामी वातावरण संरक्षणलाई हाम्रो सामाजिक उत्तरदायित्वको रूपमा लिएका छौँ। बालबालिकालाई सानैदेखि प्रकृतिप्रतिको माया र जिम्मेवारी सिकाउनु हाम्रो दीर्घकालीन दृष्टिकोणको हिस्सा हो।“

    कारितास नेपालले यस्ता कार्यक्रमहरूमार्फत वातावरण संरक्षणसँगै युवा पुस्तामा नेतृत्व, चेतना र सक्रिय सहभागिता विकास गराउन विशेष योगदान दिँदै आएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ