Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

देश एउटै तर विभाजन अनेक किन ? डा. अधिकारीको चेतनामुलक कविता


ग्लोबल पाना
शुक्रबार, जेठ २३ २०८२
  • 1,432
    SHARES

  • images
    देश एउटै तर विभाजन अनेक किन ? डा. अधिकारीको चेतनामुलक कविता

    तिमी माले भयौ, म झाले भएँ तिमी काङ्ग्रेस भयौ, म खाङ्ग्रेस भएँ तिमी एमाले भयौ, म बिमाले भएँ, तिमी नेता भयौ, म यता न उता भएँ

    ✍️डा. श्रीराम अधिकारी

    images
    images
    images

    तिमी माले भयौ, म झाले भएँ तिमी काङ्ग्रेस भयौ,

    म खाङ्ग्रेस भएँ तिमी एमाले भयौ, म बिमाले भएँ

    तिमी नेता भयौ, म यता न उता भएँ

    महोदय, आखरि देश त एउटै हो तर म किन विभाजित भएँ ?

    जातभात मेलापात साझा बन्दै थिए

    परम्परा र संस्कृतिका बाजा बज्दै थिए

    धर्म मेरो संस्कृति मेरो भाषा मेरो

    भेष मेरो जात मेरो वर्ण मेरो क्षेत्र मेरो

    आखिर देश त एउटै हो तर म किन विभाजित भए ?

    वैभव मेरो संस्कृति मेरो प्रकृति मेरो

    आस्था मेरो पहिचान मेरो शक्ति मेरो

    विचार मेरो समाज मेरो जीवन मेरो

    तर, विषाक्त वैचारिक स्खलन केवल तेरो यसर्थ,

    आखिर देश त एउटै हो आज मलाई विभाजित गराइयो |

    म त यो प्रकृतिको सुन्दर शृङ्गार हुँ

    शक्तिपुञ्जको एक एक बुँद हुँ

    ब्रह्माण्डको प्रतिनिधित्व गर्ने पात्र हुँ सृष्टिको सदा अभिछिन्न बीज हुँ ।

    तथापि महोदय, आखिर भूगोल त एउटै हो तर सबैलाई विषाक्त पारेर विभाजित गराइयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ