Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

'वाचा बन्धन' टेलिसिरियलको फष्ट लुक सार्वजनिक, दुई पुस्ताको ऐतिहासिक प्रेम कथा


ग्लोबल पाना
शुक्रबार, जेठ २३ २०८२
  • 1,006
    SHARES

  • images
    'वाचा बन्धन' टेलिसिरियलको फष्ट लुक सार्वजनिक, दुई पुस्ताको ऐतिहासिक प्रेम कथा

    काठमाडौं, जेठ २३ । ३० वर्षपहिले र अहिले दुई पुस्ताबीचको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल ‘वाचा बन्धन’को फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । कमल बुढाथोकीको प्रस्तुति, दीपा बुढाथोकी र कमल बुढाथोकीको निर्माण रहेको सिरियललाई यज्ञजंग विक (आयुष)ले निर्देशन गर्नुभएको छ भने लेखन पनि यज्ञजंगकै रहेको छ ।

    images
    images
    images

    बनिरहेका टेलिसिरियलभन्दा निकै उत्कृष्ट र फरक रहेको दाबी गरिएको ‘वाचा बन्धन’मा हेमराज घर्ती कार्यकारी निर्माता, शिव विकको छायांकन, उमेश थापा मगरको दृश्य सम्पादन, रतिस भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण छ । यस टेलिसिरियलमा सविन गायकको पोष्टर, आकाश मगरको गीत/संगीत/एरेन्ज, मुभी प्वाइन्टको पोष्ट प्रोडक्सन छ । चर्चित गायक रामचन्द्र काफ्लेले यसका गीतमा स्वर दिनुभएको छ ।

    ‘वाचा बन्धन’मा सुभाष गजुरेल, विशाल पहाडी, सरिता ढुंगाना, रश्मी भट्ट, कुसुम शर्मा, हेमराज घर्ती, प्रशान्त बुढाथोकी (करण), प्रिया रिजाल, प्रेमदेव गिरी, सविन बास्तोला, आयुष बिसी, प्रशान्त मगरलगायत दुई दर्जन बढी नयाँ पुराना कलाकारको अभिनय छ । यो सिरियल ओएसआर डिजिटल युट्युबमार्फत् ३१ गते शनिबार बेलुका ७ बजे पहिलो भाग रिलिज गरिने भएको छ भने प्रत्येक शनिबार बेलुका ७ बजे अन्य भागहरू पनि रिलिज हुने बताइएको छ ।

    यही आइतबार ट्रेलर सार्वजनिक हुने यस टेलिसिरियलको थिम गीत २८ गते सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ । यसको छायांकन ललितपुरको छम्पी र रुकुम पूर्वी भागको लुगुम नरिबाङमा गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ