Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

शिक्षक क्षमता अभिवृद्धिमा त्रिविको नयाँ अभ्यास: दोस्रो चरणको तालिम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, जेठ २३ २०८२
  • 454
    SHARES

  • images
    शिक्षक क्षमता अभिवृद्धिमा त्रिविको नयाँ अभ्यास: दोस्रो चरणको तालिम सम्पन्न

    काठमाडौं, जेठ १९ । त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा कार्यक्षेत्र केन्द्रीत क्षमताअभिवृद्धि तालिमको दोस्रो चरण सम्पन्न गरेको छ । शिवपुरी, काठमाडौंमा सम्पन्न तालिममा संस्थान अन्तर्गतका विभिन्न आंगिक क्याम्पस र स्कूलमा कार्यरत २५ जना शिक्षक सहभागी भएका थिए ।

    images
    images
    images

    जेठ १२ देखि १९ गतेसम्म सञ्चालन गरिएको तालिममा कार्यक्षेत्र केन्द्रीत पाठ्यक्रम निर्माण, सूचना तथा प्रविधिको प्रयोग, सिकाइ व्यवस्थापन प्रणाली, अनुसन्धान प्रस्ताव लेखन, पाठ्यसामग्री निर्माण, शिक्षण विधि र मूल्यांकन प्रणाली, कक्षा व्यवस्थापन, तनाव व्यवस्थापन, शिक्षक–विद्यार्थीको भूमिका तथा अध्ययन–अध्यापनमा अनुसन्धानको प्रयोग लगायतका शिर्षकमा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो ।

    समापन सत्रलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले सिकाइलाई प्रविधिसँग जोड्दै रोजगारीमुखी बनाउने उद्देश्यका साथ यस्ता तालिम सञ्चालन भइरहेको बताए । उनले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित यस्ता कार्यक्रमले नयाँ पुस्ताका शिक्षकहरूलाई नवप्रवर्तनशील पाठ्यक्रम विकास, प्रविधिको उपयोग र उद्यमशीलताको प्रवर्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

    साथै, त्रिविले योग्य शिक्षकहरूलाई विश्वविद्यालयमा आकर्षित गर्न प्रयत्नशील रहेको उल्लेख गर्दै कार्यक्षेत्रमा सकरात्मक प्रभाव पार्न विशेष अनुरोध गरे। वनविज्ञान अध्ययन संस्थानका डीन डा. ठाकुर सिलवालले त्रिविको विश्वस्तरीय प्रतिष्ठाले धेरै सक्षम व्यक्तिहरूलाई आकर्षित गरिरहेको बताउँदै विश्वविद्यालयमा सञ्चालित कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गरे ।

    तालिममा सिकेका सैद्धान्तिक र व्यवहारिक पक्षहरू कक्षाकोठामा कार्यान्वयन गर्न उनले सहभागी शिक्षकहरूलाई आह्वान गरे । सहायक डीन डा. सोनी बरालले दीर्घकालीन रुपमा सञ्चालन हुँदै आएका क्षमताअभिवृद्धि कार्यक्रमको निरन्तरताप्रति प्रतिबद्धता जनाउँदै सहभागी शिक्षकहरूको सक्रियता र प्रतिबद्धताको प्रशंसा गरिन् । उनले सिकाइलाई व्यवहारिक रुपमा लागू गर्ने अपेक्षा व्यक्त गरिन् ।

    तालिममा डीन डा. ठाकुर सिलवाल, पूर्व डीन प्रा.डा. कृष्णराज तिवारी, सहायक डीन डा. सोनी बराल, प्रा.डा. पेशल खनाल, डा. रोमकान्त पाण्डे, डा. वेदप्रसाद ढकाल, डा. प्रह्लाद थापा र नारायण तिवारीजस्ता विज्ञ प्रशिक्षकहरूले तालिम सहजीकरण गरेका थिए ।

    विश्वविद्यालय अनुदान आयोग अन्तर्गतको उच्च शिक्षा सुधार कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित यस तालिममा शिक्षण विधिसँगै स्थलगत रिपोर्ट, समूह प्रस्तुति, विषयगत अन्तरक्रिया तथा प्रश्नोत्तर जस्ता सहभागीमूलक विधिहरू समावेश गरिएका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ