Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

स्थानीय उपभोक्ता र किसानलाई जोड्ने प्रयास: टोखा ३ मा हाट बजार सामग्री वितरण कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शनिबार, जेठ २४ २०८२
  • 516
    SHARES

  • images
    स्थानीय उपभोक्ता र किसानलाई जोड्ने प्रयास: टोखा ३ मा हाट बजार सामग्री वितरण कार्यक्रम सम्पन्न

    काठमाडौं, जेष्ठ २४ । टोखा नगरपालिका वडा नं. ३ कार्यालयले सरस्वती चौरमा सञ्चालन हुने हाट बजारका स्टलहरूमा निःशुल्क सामग्री वितरण कार्यक्रम आयोजना गरेको छ। शनिबार बिहान ७ बजेबाट सुरु भएको कार्यक्रममा स्थानीय उपभोक्तालाई सहज र सुलभ रूपमा दैनिक उपभोगका लागि चाहिले सामग्रीहरू वितरण गरिएको हो।

    कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ, प्रशासकीय प्रमुख शेरबहादुर विसी, वडा अध्यक्ष रमेश डंगोल, वडा सदस्य शान्ता राई, वडा सचिव सानु श्रेष्ठ लगायत वडाका जनप्रतिनिधि, कर्मचारी, किसान तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो।

    उपमेयर मुरारी तामाङले भन्नुभयो, 'स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसान र उपभोक्ता बीचको सम्बन्ध मजबुत पार्न हामीले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएका छौँ। हाट बजारजस्ता स्थानीय संरचनाहरूलाई संस्थागत गर्दै स्वच्छ, पारदर्शी र सेवा प्रवाहमुखी बनाउने हाम्रो दायित्व हो।'

    images
    images
    images

    प्रशासकीय प्रमुख विसीले "हामी कार्यक्रम हेर्न मात्र होइन, साथ दिन आएका हौं। किसानहरूले बिक्रीका लागि राखेका तरकारीहरू आफैं किनेर लगेका छौँ। उनीहरूलाई प्रत्यक्ष रूपमा सहयोग गर्न पाउँदा सन्तोष लागेको छ। यो बजारले किसानको श्रमको मूल्य दिनेछ र उपभोक्ताले ताजा सामग्री पाउने छन्" भन्नुभयो ।

    त्यस्तै, वडा अध्यक्ष रमेश डंगोल भन्नुहुन्छ :"वडास्तरमा किसानका उत्पादनलाई बजारमा पुर्‍याउने र उपभोक्तालाई सस्तो मूल्यमा सेवा दिने उद्देश्यले यो पहल गरिएको हो। आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने योजना छ।" 

    कार्यक्रम अन्तर्गत टमाटर, काँक्रो, साग, आलु, मुला, फूलगोभी लगायतका तरकारीहरू स्टलहरूमा राखिएको थियो। आयोजकका अनुसार हरेक मंगलबार र शनिबार बिहान ६:०० देखि ९:०० बजेसम्म हाट बजार सञ्चालन गरिने छ। स्थानीय बासिन्दा र किसानहरूले यस्तो पहलले कृषि उत्पादनको प्रवर्द्धन र स्थानीय अर्थतन्त्रको सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ