Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनस्वास्थ्य निरीक्षक संजिव कुमार पटेलको सक्रियतामा टोखा ३ मा सफल स्वास्थ्य शिविर, २८० जनाको स्वास्थ्य परीक्षण


ग्लोबल पाना
शनिबार, जेठ २४ २०८२
  • 358
    SHARES

  • images
    जनस्वास्थ्य निरीक्षक संजिव कुमार पटेलको सक्रियतामा टोखा ३ मा सफल स्वास्थ्य शिविर, २८० जनाको स्वास्थ्य परीक्षण

    टोखा, जेठ २४ । “समयमै नसर्ने रोगको जाँच गरौं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने नाराका साथ टोखा नगरपालिका वडा नं. ३ मा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ। शिविरमा कुल २८० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जानकारी दिएको छ।

    images
    images
    images

    मधुमेह, रक्तचाप, मिर्गौला सम्बन्धी समस्या तथा बीएमआई जाँच जस्ता सेवा निःशुल्क प्रदान गरिएको थियो। स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकारको निर्देशनमा जनस्वास्थ्य कार्यालय टेकुको आयोजनामा सम्पन्न उक्त शिविरको समन्वय टोखा वडा नं. ३ को कार्यालय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र (टोखा सरस्वती स्वास्थ्य चौकी) ले गरेका थिए। शिविरमा जनस्वास्थ्य निरीक्षक . संजिव कुमार पटेलको विशेष भूमिका रहेको थियो। उहाँले भन्नुभयो, “नसर्ने रोगहरूको प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि यस्ता शिविरहरू अत्यन्त प्रभावकारी हुन्छन्।

    समुदायमै पुगेर सेवा दिनु हाम्रो उद्देश्य हो, जसले स्वास्थ्य पहुँचलाई प्रभावकारी बनाउँछ।” टोखा वडा नं. ३ का वडा अध्यक्ष रमेश डंगोलले पनि शिविरप्रति उत्साह व्यक्त गर्दै वडावासीलाई यस्ता कार्यक्रमहरूमा सहभागी भई समयमै स्वास्थ्य जाँच गराउन आह्वान गर्नुभयो।

    स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको यस शिविरले समुदायमा नर्सिङ रोगप्रति सचेतना बढाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ