काठमाडौं, २०७९ जेठ २४ । ईद उल अजहा (बकरा ईद) को पावन अवसरमा जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष माननीय अब्दुल खानले विशेष सामाजिक तथा मानवीय कार्यक्रम अन्तर्गत काठमाडौंदेखि बर्दिया जिल्लासम्म बिरामी, आमजनता, गरिब तथा निमुखा वर्गलाई खाद्यान्न सामग्री वितरण गर्दै बकरा ईदको शुभकामना व्यक्त गर्नु भएको छ ।
माननीय खानले कठिन परिस्थिति र राजनीतिक चुनौतिहरूका बीच पनि देश र जनताको हितका लागि प्रतिबद्ध रहनुपर्ने सन्देश दिएका छन् । उहाँले बकरा ईदको मुख्य सन्देशलाई जनमानसमा प्रवाह गर्दै समाजमा मेलमिलाप, अमनचयन (शान्ति) र भाईचारा सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभयो ।
“ईदको अवसरमा हामी केवल पर्व मनाउने मात्र होइन, समाजका सबै वर्गसँग आत्मीयता र सहानुभूति व्यक्त गर्दै सहकार्य र भाइचाराको भावना बलियो बनाउने अवसरको रूपमा लिन्छौं,” उहाँले भन्नुभयो। उक्त अवसरमा उहाँले वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, तेल, नुन, तथा अन्य अत्यावश्यक खानेकुरा समावेश थिए। कार्यक्रमले समाजका दुःखी र अवहेलित वर्गलाई सान्त्वना तथा साथ दिएको छ ।
ईदको दिनलाई मानवता र सामाजिक उत्तरदायित्वको उत्सव बनाउँदै, उहाँले देशमा शान्ति, समृद्धि, र समावेशी लोकतन्त्रको पक्षमा निरन्तर क्रियाशील रहनु पर्नेमा जोड दिनुभयो। जनमत पार्टीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
सांसद खानले बकरा ईद मुबारक! सम्पूर्ण नेपाली जनमा शान्ति, समृद्धि र सामाजिक एकताको भावना झन् मजबुत बनोस् भन्ने शुभकामना दिनु भएकाे छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


