Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक


ग्लोबल पाना
आइतबार, जेठ २५ २०८२
  • 453
    SHARES

  • images
    कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

    काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं. १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एच.डि पोलिस्ड टायल (६०x१२० से.मी.) सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको छ।

    images
    images
    images

    विश्वस्तरीय मापदण्ड अनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एच.डि पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो। ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट, र सुपर-स्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउँछ। अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हो।

    “यो केवल टायल होइन, विलासिताको अनुभव हो। नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं। यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायल मार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं।” कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भन्नुभयो। ६०x१२० से.मी.को एच.डि पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेहरुका लागि बनाइएको टायल हो।

    उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउने मात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ। प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ। ५ स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एच.डि पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ। यसले कम्पनीलाई नेपाली टायल उद्योगमा विश्वस्तरीय उत्पादनहरूसहित अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ।

    कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ। नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ।

    कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ। प्रत्येक टायलले तपाईंको घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ