२५ जेठ पोखरा । कास्की निर्बाचन क्षेत्र न २(१) बाट निर्बाचित गण्डकी प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले गण्डकी प्रदेशको निति तथा कार्यक्रम प्रदेशको माटो र भूगोल सुहाउँदो भएको उल्लेख गरेका छन । उनले नेपालको संविधानको मर्म अनुसार आएको सो नीति तथा कार्यक्रम सबै क्षेत्रबाट राम्रो भएको र प्रदेश बासिको सुखलाई केन्द्रमा राखेर आएको भन्दै अब यसको प्रभाबकारी कार्यान्वयनमा ध्यान केन्द्रीत गर्नु पर्ने उल्लेख गरे।
सांसद कार्कीले सो कुरा गण्डकी प्रदेश सभामा आइतबार आर्थिक बर्ष २०८२-८३ को नीति तथा कार्यक्रम माथी छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा बताएका हुन । नीति तथा कार्यक्रमले राजश्व ,अर्थतन्त्र ,सुसासनलाइ जोड दिएकोमा धन्यवाद प्रकट गर्दै उनले भान्सा सहितका अन्य घरायसी काम र त्यसमा प्रयोग हुने श्रमलाइ पनि मुल्यांकन गरेर अर्थतन्त्रको हिस्सा मन्दै प्रदेशको कुल ग्राहस्थ उत्पादनमा समाबेश गर्नु पर्ने सुझाव दिए ।
सांसद कार्कीले घरायसी काम र त्यसको योगदान अझैसम्म कूल ग्राहस्थ उत्पादनको क्षेत्र अन्तर्गत नसमेटिएको सन्दर्भमा गण्डकी प्रदेशले यसको शुरूवात गर्नु पर्ने उल्लेख गरे । नीति कार्यक्रमले माटो सुहाउदो प्रस्तुति उल्लेख गरेको छ अझै बालबालिका र युबाहरूलाइ भान्सा सिकाउनु छ, कृषि सिकाउनुछ, जिरादेखी हिरा सम्म, नुन देखि सुन सम्म गोठदेखि ओठसम्मका कुरा समेटिनु गौरवको बिषय भएको भन्दै गण्डकी प्रदेश आरोग्य प्रदेशका लागि दिनानुदिन मानसिक रोगिको संख्या बढिरहेको परिप्रेक्ष्यमा सुबिधा सम्पन्न मानसिक अस्पतालको स्थापनामा साम्सद कार्कीले जोड दिए ।
नीति तथा कार्यक्रम मुताबिक बजेट सन्तुलित बनाउन सके समृद्ध गण्डकी प्रदेशका लागि सुनमा सुगन्ध हुने कार्कीको ठहर छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


