Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपालमा पहिलो ऐतिहासिक हरित ऋणपत्रको सफल निष्कासन, दिगो विकासतर्फको ठोस कदम


ग्लोबल पाना
बुधबार, जेठ २८ २०८२
  • 357
    SHARES

  • images
    नेपालमा पहिलो ऐतिहासिक हरित ऋणपत्रको सफल निष्कासन, दिगो विकासतर्फको ठोस कदम

    काठमाडौँ । नेपालमा पहिलो पटक ऐतिहासिक हरित ऋणपत्रको सफल निष्कासन गरिएको छ। आज काठमाडौँको होटल याक एण्ड एतिमा आयोजित विशेष समारोहमा निफ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ग्लोबल ग्रीनग्रोथ इन्स्टिच्युट (जीजीजीआई) र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोइका)को आर्थिक सहयोग तथा नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायको स्वीकृतिपछि हरित ऋणपत्र जारी गरेको छ।

    images
    images
    images

    यो ऋणपत्रको उद्देश्य नेपालमा हरित आर्थिक वृद्धि प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको सामना गर्न र दिगो विकास हासिल गर्न सहयोग पुर्‍याउनु हो। ऋणपत्रको मुख्य तथ्याङ्क ‘निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८-८९’ शीर्षकमा जारी यो ऋणपत्र पाँच अर्ब रुपैयाँ (३ करोड ६० लाख अमेरिकी डलर) बराबरको हुनेछ। यो ७ वर्षको अवधिका लागि जारी गरिएको छ र वार्षिक ६ प्रतिशत ब्याजदर दिनेछ।

    ऋणपत्रबाट संकलित रकम नवीकरणीय ऊर्जा क्षेत्रलाई प्राथमिकता दिएर स्वच्छ र हरियाली पूर्वाधारमा लगानी गरिनेछ, जसले नेपालमा हरित विकासलाई नयाँ गति दिने अपेक्षा गरिएको छ। समारोह र वक्ताहरु कार्यक्रममा वन तथा वातावरण मन्त्री श्री ऐन बहादुर शाही ठकुरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आर.पी. बिछा, दक्षिण कोरियाली राजदूत पार्क थेयङ, कोइका नेपालका निर्देशक र जीजीजीआईका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    मन्त्री ठकुरीले नेपालमा पहिलो हरित ऋणपत्र जारी हुनु दिगो विकास र जलवायु परिवर्तनसँग जुध्ने अर्थतन्त्रको यात्रामा ऐतिहासिक उपलब्धि भएको बताउँदै वातावरण संरक्षण, स्वच्छ ऊर्जा र हरित पूर्वाधारप्रति सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले हरित वित्तले समावेशी आर्थिक वृद्धिका साथै अन्तर्राष्ट्रिय सहयोगका नयाँ अवसर खोल्ने बताए। दक्षिण कोरियाली राजदूत पार्कले कोरियाली सरकारको नेपालमा हरित विकासमा समर्पण र लगानी आकर्षणका लागि हरित ऋणपत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

    कोइका नेपालका निर्देशक खोङ मुहनले यो ऋणपत्र वित्तीय नवप्रवर्तनको सुरुवात भएको उल्लेख गर्दै, आर्थिक वृद्धि र वातावरणीय संरक्षणबीचको समन्वयलाई अघि बढाउन कोइकाले नेपालसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। जीजीजीआईका कन्ट्री प्रतिनिधि लौरा जलासजोकीले विभिन्न साझेदारहरूको सहकार्यमा यो ऐतिहासिक हरित ऋणपत्र निष्कासन भएकोमा धन्यवाद दिँदै दिगो विकास र वातावरणमैत्री सहकार्यलाई थप सशक्त बनाउने कुरामा विश्वास व्यक्त गरिन्।

    नेपालको दिगो विकास यात्रामा नयाँ कोसेढुङ्गा यस ऐतिहासिक पहलले नेपाललाई हरित स्वच्छ विकासको मार्गमा दृढतापूर्वक अघि बढ्न प्रेरित गर्नेछ। पूँजी बजारमा हरित पूर्वाधार परियोजनामा लगानी सुगम बनाउँदै जलवायु परिवर्तनसँग जुझ्ने अवसरहरू सिर्जना गरिनेछ। नेपालले विश्वव्यापी रुपमा हरित अर्थतन्त्रमा आफ्नो पहिचान मजबुत पार्दै दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्नेछ।

    स्रोत: गणतन्त्र कोरियाली दूतावास, काठमाडौं २०२५, जुन १०

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ