Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

२२औँ राष्ट्रिय धान दिवसकाे तयारी तीव्र: महानिर्देशक सञ्जेलले दिए वैज्ञानिक कृषिमा जोड


ग्लोबल पाना
बुधबार, जेठ २८ २०८२
  • 466
    SHARES

  • images
    २२औँ राष्ट्रिय धान दिवसकाे तयारी तीव्र: महानिर्देशक सञ्जेलले दिए वैज्ञानिक कृषिमा जोड

    ललितपुर । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाउने तयारी गरेको छ ।

    images
    images
    images

    कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा बसेको मूल समारोह समिति बैठकको निर्णय अनुसार "धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने मूल नारासहित यो वर्षको धान दिवस मनाइने भएको हो ।

    महानिर्देशक सञ्जेलले धान बालीको उत्पादनमा सुधार ल्याई खाद्य सुरक्षामा योगदान पुर्‍याउन यस दिवसलाई सशक्त माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले धान उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन र कृषकको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म सबै तहमा सजगता जरुरी रहेको उल्लेख गरे ।

    "धान दिवस कृषि क्षेत्रमा मात्र सीमित नभई, राष्ट्रिय खाद्य सुरक्षा, कृषकको आत्मनिर्भरता र कृषि नवप्रवर्तनको पहिचानको रूपमा लिनुपर्छ," महानिर्देशक सञ्जेलले भने ।

    यही असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् । दिवसको प्रचार–प्रसार तथा जनचेतना अभिवृद्धिका लागि धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामाग्रीहरू प्रकाशित र प्रसारण गरिनेछन् ।

    कार्यक्रममा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माताहरू, कृषि समुदाय, कृषक समूह/सहकारी, कृषि बालीसम्बन्धी संस्था, सञ्चारमाध्यमलगायतको सहभागिता रहने बताइएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सम्पूर्ण सरोकारवाला र सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागी भई दिवसलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ