Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ललितपुरको भैसेपाटीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन


ग्लोबल पाना
शुक्रबार, जेठ ३० २०८२
  • 500
    SHARES

  • images
    ललितपुरको भैसेपाटीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

    काठमाडौं ।  नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। ललितपुरको भैसेपाटीस्थित कार्यबिनायक ट्रेड सप्लायर्सलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

    images
    images
    images

    शुक्रबार आयोजित औपचारिक समारोहमा कार्यबिनायक ट्रेड सप्लायर्सका सञ्चालक मनि राज महर्जन र लेमिनार टायल्सका निर्देशकद्वय अभिनव चुरिवाल र आशुतोश खेतानले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

    उद्घाटन समारोहमा बोल्दै अभिनव चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ।

    यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ