Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साँगे सभ्यता अभियानको आयोजनामा असार ३ गते दमौलीमा अन्तरसंवाद कार्यक्रम हुँदै


ग्लोबल पाना
आइतबार, असार १ २०८२
  • 432
    SHARES

  • images
    साँगे सभ्यता अभियानको आयोजनामा असार ३ गते दमौलीमा अन्तरसंवाद कार्यक्रम हुँदै

    काठमाण्डौ । साँगे सभ्यता संरक्षण तथा विकास अभियानले तनहुँ सदरमुकाम दमौलीमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ । अभियान बारे जानकारी गराउने उदेश्यले आगामी असार ३ गते मंगलवार अभियानले अन्तर संवाद कार्यक्रम आयोजना गर्न लागेको हो । “यहि असार ३  गते मंगलवार अभियानले व्यास नगरपालिकाको हलमा अन्तर संवाद कार्यक्रम आयोजना गर्ने तय गरेको छ, व्यास नगरपालिकाका मेयर ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भन्ने अनुसार हामीले उहाँलाई आमन्त्रण गरेका छौँ, ४ बजेबाट कार्यक्रम सुरु गर्ने हाम्रो योजना छ, यद्यपि केही औपचारिकता भने अझै बाँकी छ, हामी तयारी  साथ बसेका छौँ” कार्यक्रम आयोजना बारे जानकारी दिनुहुँदै अभियानका संयोजक सुरेन्द्र वाग्लेले बताउनुभयो ।

    images
    images
    images

    अभियानले  साँगे क्षेत्र अन्तर्गत पर्ने वडाका जनप्रतिनिधिहरुसहित स्थानीय एवम् सरोकारवालाहरु समेतलाई आमन्त्रण गरिने संयोजक वाग्लेले जनाउनुभयो ।   त्यसो त अभियानले अम्रेनी, नेपालटार र पतेनी स्थित विद्यालयका बालबालिकासहित बुद्धिजीवि, समाजसेवी, अगुवा, जेष्ठ नागरिक, व्यवसायी लगायतका स्थानीयहरुसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको अभियानका महासचिव सरोज ओझाले जानकारी दिनुभयो ।

    त्यसैगरी, पर्यटन प्रबर्धनमा सघाउ पुर्याउने उदेश्यसहित डाडागाउँ - हर्षपुर होमस्टेको अवलोकन गर्ने कार्यक्रम तय गरिएको र  म्याग्दे ७ पयेंरदेखि पश्चिम नागरङ्ग कुना स्थित ठूलो पहरामा रहेको निलकण्ठेश्वर महादेव सिद्ध गुफाको पर्यटन सम्भावना बारे खोजबिन गर्न त्यहाँको स्थलगत भ्रमण गर्ने कार्यक्रम समेत रहेको ओझाले बताउनुभयो । 

    उक्त भ्रमण दलमा संयोजक वाग्ले र महासचिव ओझासहित सदस्यहरु पूर्व वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्ले,  वरिष्ठ  इन्जिनियर  ठाकुरप्रसाद  पण्डित र पूर्व शिक्षिका बालवती शर्मा (बाला)  रहनुभएको संस्थाका सदस्य गंगाधर भट्टराईले जानकारी दिनुभयो ।                    

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ