Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

इनड्राइभको 'राइड्स फर गोल्स' क्याम्पेन सफलतापूर्वक सम्पन्न


ग्लोबल पाना
सोमबार, असार २ २०८२
  • 366
    SHARES

  • images
    इनड्राइभको 'राइड्स फर गोल्स' क्याम्पेन सफलतापूर्वक सम्पन्न

    काठमाडौं ।  विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्‌नो ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु हो ।

    images
    images
    images

    यस क्याम्पेन मार्फत विद्यालयका खेल मैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको हो, जसले विद्यार्थीहरूलाई खेलकुदप्रति रुचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । अंग्रेजी 'मे' महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम, चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो ।

    यस अभियानले विद्यार्थीहरूको समग्र विकासमा योगदान पु र्याउने उद्देश्यले निम्न महत्वपूर्ण कार्यहरूमा प्रत्यक्ष सहयोग पुर्यायोः

    - विद्यालयका खेलमैदानहरूको पूर्वाधार मर्मत तथा सम्वर्धन गरियो, जसले गर्दा बालबालिकाहरूका लागि सुरक्षित, सफा र रमाइलो खेल तथा मनोरञ्जनको वातावरण निर्माण भएको छ ।

    - बालबालिकाहरूलाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराउने र शारीरिक गतिविधिप्रति रुचि बढाउने हेतुले बास्केटबल, फुटसल, ब्याडमिन्टन र्याकेट लगायतका स्पोट्र्स किटहरू वितरण गरियो ।

    “इनड्राइभमा हामी दृढ विश्वास गर्छौं कि मोबिलिटी केवल यात्राको सुविधा मात्र होइन, समुदाय सशक्तिकरण र समावेशी विकासतर्फको मार्ग पनि हो,” इनड्राइभ एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, ‘राइड्स फर गोल्स’ अभियानले विद्यालयका बालबालिकालाई स्वस्थ र सकारात्मक वातावरणमा खेल्न सहयोग गरेर उनीहरूको सम्पूर्ण विकासलाई प्रत्यक्ष समर्थन पुर्याउँछ ।

    हामीलाई टिमवर्क, आत्मविश्वास, र नेतृत्व जस्ता सीपहरू विकास गर्न सक्ने ठाउँ निर्माणमा योगदान गर्न पाउनुमा अत्यन्त गर्व छ । इनड्राइभ एशिया प्यासिफिक क्षेत्रका रिजनल डाइरेक्टर मार्क टोलीले पनि यस अभियानप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनेः “राइड्स फर गोल्स’ एउटा प्रेरणादायी उदाहरण हो—जहाँ राइड गर्ने जस्तो दैनिक साधारण क्रियाकलाप—समाजमा सार्थक परिवर्तन ल्याउने शक्तिशाली माध्यम बन्न सक्छ ।

    हामी सधैं यस्तो परियोजनामा संलग्न रहन्छौं, जसले दीगो मूल्य सिर्जना गर्छ र सामुदायिक स्तरमा सकारात्मक प्रभाव पार्छ । यो पहल खेलको माध्यमबाट प्रत्येक बालबालिकालाई अवसर, रमाइलो, र विकासको पहुँच सुनिश्चित गर्ने दिशातर्फको एक महत्वपूर्ण कदम हो । ‘राइड्स फर गोल्स’ इनड्राइभको उद्देश्यसँग गहिरोसँग जोडिएको छ, जसले सामाजिक समानता प्रवद्र्धन गर्ने र सेवायुक्त तथा विकासशील क्षेत्रहरूमा सकारात्मक योगदान दिने लक्ष्य राखेको छ ।

    यसका क्याम्पेन मार्फत इनड्राइभले स्कूल बालबालिकाको भौतिक तथा मानसिक विकासमा जोड दिएको छ र समुदायको भविष्य निर्माणमा पनि आफ्नो सक्रिय भूमिका पुष्टि गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ