Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साँगे सभ्यता संरक्षण अभियानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बुधबार, असार ४ २०८२
  • 522
    SHARES

  • images
    साँगे सभ्यता संरक्षण अभियानद्वारा अन्तरसंवाद कार्यक्रम सम्पन्न

    तनहुँ, असार ३ साँगे सभ्यता संरक्षण तथा विकास अभियानले असार ३ गते, मंगलवार, तनहुँको दमौलीस्थित व्यास नगरपालिकाको सभा हलमा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम साँगे क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विषयमा केन्द्रित थियो। कार्यक्रम व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यता र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा राजनीतिक अगुवा राजेन्द्रकेशरी न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भयो।

    images
    images
    images

    नगरप्रमुख न्यौपानेले अभियानले छोटो समयमै गरेका उल्लेखनीय कामको प्रशंसा गर्दै भन्नुभयो,"साँगे सभ्यताको संरक्षणका लागि यस्तो अभियान अत्यन्तै आवश्यक र समयसापेक्ष छ। स्थानीय तहमा चेतना अभिवृद्धि गर्न अभियानले पुर्‍याएको योगदान सराहनीय छ।" त्यस्तै, केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपानेले अभियानप्रति आभार प्रकट गर्दै भन्नुभयो,"साँगे सभ्यताको जगेर्नाका लागि यो अभियानले अनुसन्धान, मिहिनेत र गुणस्तरीय कार्यलाई जोड दिँदै अघि बढिरहेको देखिन्छ, जुन अत्यन्त प्रेरणादायक र अनुकरणीय छ।"

    कार्यक्रममा शिक्षासेवीद्वय नवराज वाग्ले र बलराम वाग्लेले समेत अभियानप्रति आफ्नो समर्थन जनाउँदै शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमका संयोजक सुरेन्द्र वाग्लेले अभियानको उद्देश्य प्रष्ट पार्दै अम्रेनी, नेपालटार र पतेनीका विद्यालयमा अध्ययनरत बालबालिकासँग अन्तरक्रिया कार्यक्रम, बार्हबिसे-नेपालटार-पयेर क्षेत्रका समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा जेष्ठ नागरिकहरूसँग वैचारिक छलफल सम्पन्न भएको जानकारी दिनुभयो। महासचिव सरोज ओझाले अभियानले परम्परागत सांस्कृतिक अभ्यासहरूलाई संरक्षण गर्दै आधुनिक पर्यटन प्रवर्द्धनतर्फ समेत ध्यान दिएको उल्लेख गर्नुभयो।

    उहाँले असार २ गते डाँडागाउँ–हर्षपुर क्षेत्रको होमस्टे अवलोकन भ्रमण सोही प्रयोजनअनुसार भएको बताउनुभयो। कार्यक्रममा अभियानकी सदस्य बालवती शर्मा (बाला)ले स्वागत मन्तव्य व्यक्त गर्दै अभियानका हालसम्मका कार्यहरूको बारेमा प्रकाश पार्नुभयो। सो अवसरमा अभियानका आजीवन सदस्य, साधारण सदस्य तथा सहयोगी लेखकहरूलाई प्रशंसा पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो। भ्रमण टोलीमा संयोजक सुरेन्द्र वाग्ले, महासचिव सरोज ओझा, पूर्व वरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, वरिष्ठ इन्जिनियर ठाकुरप्रसाद पण्डित तथा पूर्व शिक्षिका बालवती शर्मा (बाला) सहभागी हुनुहुन्थ्यो।

    कार्यक्रममा अभियानका पदाधिकारीहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, बुद्धिजीवी, सामाजिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साँगे सभ्यता संरक्षण तथा विकास अभियानले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय जनसहभागिता बढाउने, सांस्कृतिक चेतना विस्तार गर्ने र साँगे क्षेत्रको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ