Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला बाल क्लब नवलपुरद्वारा सम्पूर्ण पालिकाको अवलोकन कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शुक्रबार, असार ६ २०८२
  • 631
    SHARES

  • images
    जिल्ला बाल क्लब नवलपुरद्वारा सम्पूर्ण पालिकाको अवलोकन कार्यक्रम सम्पन्न

    नवलपरासी ।  जिल्ला बाल क्लब नवलपरासी (ब. सु. पूर्व) द्वारा जिल्लाका सबै पालिकाको बालमैत्री अवधारणाको सुदृढीकरण तथा प्रगति मूल्यांकनका लागि आयोजित “पालिका अवलोकन कार्यक्रम” सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत मिति २०८२ जेष्ठ १४ गतेदेखि असार ५ गतेसम्म मध्यविन्दु, हुप्सेकोट, कावासोती, विनयी त्रिवेणी, बौंदीकाली, बुलिङटार, देवचुली र गैंडाकोटका पालिकाहरूमा अवलोकन गरिएको हो।

    images
    images
    images

    कार्यक्रमका क्रममा पालिका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, पालिका बाल सञ्जालका प्रतिनिधिहरू र विभिन्न नियामक निकायहरूसँग छलफल गरी बालबालिकासँग सम्बन्धित विषयहरूमा समन्वय र सहकार्यको नयाँ आधार तयार गरिएको छ।

    जिल्ला बाल क्लब नवलपुरका अध्यक्ष शिशिर आचार्यका अनुसार, यस कार्यक्रममार्फत बाल श्रम, बाल संरक्षण, बाल सहभागिता, शिक्षा र स्वास्थ्य जस्ता विविध पक्षहरूमा छलफल गरिएको छ। उनले भने, “पहिलेको वर्ष जस्तै यस वर्ष पनि हामीले प्रगति विवरण संकलन मात्र होइन, कार्यान्वयनको प्रभावकारिता विश्लेषण गर्ने प्रयास पनि गरेका छौं।

    यो कार्यक्रमबाट जिल्लालाई नमूना बालमैत्री जिल्लाका रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य अझ नजिकिएको छ।” क्लबका सचिव विशाल सापकोटाले कार्यक्रम अपेक्षाभन्दा बढी प्रभावकारी भएको उल्लेख गर्दै भने, “यस वर्षको पालिका अवलोकनले जिल्लाभर बालमैत्री स्थानीय शासन निर्माण अभियानमा नयाँ उचाइ थपेको छ।

    अघिल्लो वर्षको अनुभवले यसपटक कार्यान्वयनलाई थप सशक्त बनाएको देखिन्छ।” यस कार्यक्रमले जिल्लामा बालबालिकाका मुद्दामा स्थानीय तहको प्रतिबद्धता, योजना तथा कार्यान्वयन क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

    साथै, आगामी दिनमा अझ प्रभावकारी ढंगले नीति निर्माण र कार्यान्वयनमा बाल अधिकारलाई प्राथमिकतामा राख्ने आधार बनेको समेत उनीहरूको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ