Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

टोखा ६ मा वृक्षारोपण र सडक नाटक कार्यक्रम सम्पन्न वडा अध्यक्ष पौडेलको नेतृत्वमा बालमैत्री अभियान


ग्लोबल पाना
शनिबार, असार ७ २०८२
  • 760
    SHARES

  • images
    टोखा ६ मा वृक्षारोपण र सडक नाटक कार्यक्रम सम्पन्न वडा अध्यक्ष पौडेलको नेतृत्वमा बालमैत्री अभियान

    टाेखा, काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ हात्तीडोल क्षेत्रमा आज मिति २०८२ असार ७ गते शनिबार बिहान वृक्षारोपण तथा बालबालिकालाई लक्षित जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ ।

    images
    images
    images

    गरिमा विकास बैंकको वित्तीय सहयोग तथा वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडा वाल सञ्जाल, समुदायस्तरका वाल क्लब, वडा अध्यक्ष शान्ता पौडेलसहित वडा सदस्यहरू, स्थानीय अभिभावक र बालबालिका सक्रिय रूपमा सहभागी भए ।

    वडा अध्यक्ष पौडेलले वातावरण संरक्षण र बालमैत्री समाज निर्माणका लागि यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रमको दोस्रो चरणमा वालवालिकाहरूले लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटक प्रस्तुत गरेका थिए ।

    यस कार्यक्रमले वातावरणीय चेतना र बाल संरक्षणप्रतिको सामाजिक उत्तरदायित्व दुवैलाई सम्बोधन गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ