काठमाडौं । काठमाडौँको व्यस्त क्षेत्र डिल्ली बजार पिपलबाेट घट्टेकुलाे बाटाेमा विगत ६/७ वर्षदेखि सञ्चालनमा रहेको ‘सचिनबाबु चटपट’ पसल ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ । विनोद साहद्वारा सञ्चालित यो सानो तर स्वादिलो चटपट पसल अहिले धेरैको रोजाइमा पर्न थालेको छ ।
धेरैजसो ग्राहकले पसल सञ्चालक विनोद साहको इमानदारी र बोलीको मिठासको खुलेर प्रशंसा गर्छन्। सादा जीवन, कडा परिश्रम र मिठो व्यवहारले उहाँले यो व्यवसायलाई स्थायीत्व प्रदान गर्नुभएको छ । सहरको कोलाहलबीच पनि उहाँको पसलले एउटा आत्मीयता बोकेको अनुभूति दिन्छ ।
हामीले चटपट मात्र बेच्दैनौं, माया पनि बाँड्छौं, साह भन्छन् । यही व्यवसायबाट उहाँले परिवारको जिविकोपार्जन गर्दै आएका छन् । विगत केही वर्षमा धेरै नयाँ फास्टफुड पसल खुले पनि ‘सचिनबाबु चटपट’ आफ्नो मौलिक स्वाद, सफाइ, र सेवाका कारण अझै पनि हजारौं ग्राहकको पहिलो रोजाइमा पर्छ ।
विनोद साहको निरन्तरता, इमानदारी र श्रमले अनामनगरमा सानो चटपट पसललाई प्रेरणादायी उद्यममा परिणत गरिदिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


