Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

दलित आन्दोलनको समीक्षा र साझा कार्यदिशा तय गर्न परामर्श गोष्ठी सम्पन्न


ग्लोबल पाना
सोमबार, असार ९ २०८२
  • 478
    SHARES

  • images
    दलित आन्दोलनको समीक्षा र साझा कार्यदिशा तय गर्न परामर्श गोष्ठी सम्पन्न

    धुलिखेल ।  नेपाली दलित आन्दोलनको पछिल्लो अवस्था, साझा एजेन्डा र आगामी रणनीतिबारे समग्र समीक्षा गर्दै ‘परामर्श गोष्ठी’ सम्पन्न भएको छ। धुलिखेलमा असार ७ र ८ गते आयोजित दुई दिवसीय गोष्ठीमा सहभागीहरूले आन्दोलनलाई सर्वपक्षीय, सशक्त र साझा रणनीति सहित पुनः उर्जावान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा दलित समुदायका युवा, विद्यार्थी, कर्मचारी, बुद्धिजीवी, पत्रकार, र कानुन व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो ।

    images
    images
    images

    उनीहरूले पछिल्लो समय दलित आन्दोलन कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै, समावेशी अभियान सशक्त पार्न सरकार र राज्य संरचनालाई खबरदारी गर्दै संगठित पहल आवश्यक भएको निष्कर्ष निकाले । कार्यक्रम संयुक्त राजनीतिक दलित संघर्ष समिति, काठमाडौंको आयोजनामा सम्पन्न भएको हो भने दलित महिला केन्द्रको सहकार्यमा कार्यक्रम व्यवस्थापन गरिएको थियो ।

    कार्यक्रममा अधिकारकर्मी विनोद पहाडी लगायतका अगुवाहरूले राजनीतिक, सामाजिक र कानुनी स्तरमा दलित आन्दोलनलाई सशक्त बनाउन दीर्घकालीन रणनीति अपनाउनु पर्नेमा जोड दिएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ