Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु, किसानको लाखौंको क्षति


ग्लोबल पाना
सोमबार, असार ९ २०८२
  • 367
    SHARES

  • images
    मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु, किसानको लाखौंको क्षति

    मुगु । मुगु छायानाथ रारा नगरपालिका–१२ लुम्सोमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् । विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक भएपछि चरिरहेका खच्चरहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख सरोज गिरीले जानकारी दिए । घटनामा तीन किसानका खच्चर मरेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार छायानाथ रारा–१० का जोगीबहादुर बुढुवालका तीन, वडा नम्बर १ का पृथ्वीबहादुर ऐडीका तीन र कर्णबहादुर मल्लका चारवटा खच्चर मरेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा उक्त घटना भएको हो ।

    दुर्गम जिल्ला मुगुमा खच्चर ढुवानीको मुख्य साधन हो । एकैपटक १० वटा खच्चर गुमाउँदा किसानहरूलाई ठूलो आर्थिक क्षति भएको छ । पीडितहरूले क्षतिपूर्तिको माग गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ