काठमाडौं । बहिरा दृष्टिविहीन अभिभावक समाज, श्रवण दृष्टिविहीन संघ नेपाल, नेपाल नेत्रहीन संघ र राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजनामा प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको विषयमा जानकारी दिने उद्देश्यले असार १२ गते काठमाडौंमा पत्रकार सम्मेलन गरिएको छ ।
सो पत्रकार सम्मेलनमा बहिरा दृष्टिविहीन अभिभावक संघका अध्यक्ष लाक्पा नोरु शेर्पाले संयुक्त राष्ट्रसङ्घको महासभाले १६ जुन २०२५ अर्थात् विसं.स.२०८२ को असार १ गतेका दिन सर्व सम्मत रूपमा प्रस्ताव A / 79 / L.92 पारित गर्दै जुन २७ लाई अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको रूपमा मनाउने घोषणा गरेको बताउनु भयो ।
साथै उहाँले यस पटक नेपालमा पहिलो पटक मनाउन लागिएको अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको राष्ट्रिय नारा "अवरोध हटाउँदै, सम्बन्ध जोड्दै" भन्ने रहेको भन्दै श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधाबाट वञ्चित रहेको र यस पटक नेपालमा उनीहरूको लागि ५ वटा श्रोत कक्षा सञ्चालन गरिएको बताउनु भयो ।
त्यसै गरी उहाँले उक्त पत्रकार सम्मेलनमा प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसका सन्दर्भमा तयार पारिएको प्रेस विज्ञयप्ती पढेर सुनाउँदै सबै सञ्चार माध्यमहरूले श्रवण दृष्टिविहीन अपाङ्गताका सवालहरूलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरिदिनु हुन आग्रह गर्नु भयो ।
पत्रकार सम्मेलनमा उहाँले यस दिवसले श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका सञ्चारका अधिकारलाई सुनिश्चित गर्न, गमनशीलता र स्वावलम्बनका लागि आवश्यक सेवा र प्रविधिको पहुँच विस्तार गर्न, शिक्षा र सामाजिक जीवनमा प्रभावकारी समावेशीकरण गर्न राज्य, नागरिक समाज र समुदायले साझा जिम्मेवारी बनाउन प्रोत्साहन दिएको बताउनु भयो ।
साथै उहाँले वि.स.२०७८ को राष्ट्रिय जनगणना अनुसार श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या १० हजार १ सय ८७ रहेको भए पनि २०० जना मात्रै अहिले सम्पर्कमा रहेको भन्दै श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको संख्या २०७८ को जनगणनामा उल्लेख गरिएको भन्दा धेरै अनुमानित संख्या रहेको बताउनु भयो ।
प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको दिवसका विषयमा जानकारी गराउँदै सन् २०२५ को जुन २६ लाई संयुक्त राष्ट्रसङ्घको महासभाले मान्यता दिएकोमा यस दिवसको सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूको पहलमा श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सिताराम ओझाले राष्ट्रिय बहिरा महासंघ नेपालले पनि सन् २०१५ देखि बहिरा अपाङ्गता भएका व्यक्तिहरूका साथै श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना लगायतका क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । त्यसै उहाँले श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि परियोजना मार्फत काम गर्दै आइएको भन्दै अहिले सम्म ९५ जना श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले घरदैलो शिक्षा, थेरापी सेवा प्राप्त गरेको भन्दै जुन २७ तारिखका दिन मनाइने प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवसको शुभकामना पनि व्यक्त गर्नु भयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


