Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गुणस्तरीय शिक्षाको प्रमाण: एन्जल्स हर्ट स्कूलको एसईईमा शतप्रतिशत सफलता


ग्लोबल पाना
शनिबार, असार १४ २०८२
  • 643
    SHARES

  • images
    गुणस्तरीय शिक्षाको प्रमाण: एन्जल्स हर्ट स्कूलको एसईईमा शतप्रतिशत सफलता

    काठमाडौं । एन्जल्स हर्ट माध्यमिक विद्यालय, तारकेश्वर–१० ले २०८१ सालको एसईई परीक्षामा सत प्रतिशत सफलता हासिल गरेको छ । विद्यालयका ५७ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा सबैजना उत्तीर्ण भएका छन् ।

    images
    images
    images

    यस उल्लेखनीय सफलताको श्रेय विद्यालयका प्रधानाध्यापक धन बहादुर पुनको नेतृत्व, दूरदृष्टि र लगनशीलतालाई दिइएको छ । उहाँले शैक्षिक गुणस्तरमा निरन्तर ध्यान दिँदै विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष भूमिका खेल्नु भएकाे छ ।

    प्रधानाध्यापक पुनले उत्कृष्ट नतिजाले आफू अत्यन्त उत्साहित र सन्तुष्ट भएको प्रतिक्रिया दिनु भएकाे छ ।  उहाँका अनुसार, ५७ विद्यार्थीमध्ये ३० जनाले ३.६१ देखि ३.९१ जीपीए, २० जनाले ३.२ देखि ३.६० र बाँकी ७ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । यस उत्कृष्ट नतिजाले आफू अत्यन्त खुसी भएको बताउँदै उहाँले विद्यार्थी, शिक्षक र अभिभावक सबैको सहयोग र विश्वासकै कारण यस्तो सफलता सम्भव भएको बताउनु भयाे ।

    स्वच्छ, सुरक्षित र सकारात्मक सिकाइ वातावरण, अनुभवी शिक्षक टिम, र प्रविधिमैत्री पठनपाठन विधिका कारण विद्यालय तारकेश्वर क्षेत्रको एक अग्रणी शिक्षालयको रूपमा परिचित हुँदै आएको छ । पिजीदेखि ब्याचलर तहसम्म एउटै भवनबाट शिक्षण गराउँदै आएको विद्यालयले गुणस्तरीय शिक्षालाई मुख्य उद्देश्य बनाएको छ ।

    एन्जल्स हर्ट माध्यमिक विद्यालयले शिक्षामा गुणस्तर र नतिजामा उत्कृष्टता प्रदान गर्दै तारकेश्वर क्षेत्रमै विश्वसनीय शिक्षालयको रूपमा आफूलाई स्थापित गर्दै आएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ