Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

५५ वर्षे कला यात्रामा पवन जोशीलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड', चिरिबाबु महर्जन नगरपिता सम्मानित


ग्लोबल पाना
आइतबार, असार १५ २०८२
  • 459
    SHARES

  • images
    ५५ वर्षे कला यात्रामा पवन जोशीलाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड', चिरिबाबु महर्जन नगरपिता सम्मानित

    पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।

    ललितपुर ।  नेवास्साधना कला केन्द्रव्दारा आयोजित बृहत् सम्मान कार्यक्रममा निरन्तर ५५ बर्ष लामो कला यात्रामा पहिलो पटक अभिनयका महारथी विभूषण र नगद ५० हजार सहित लाइफटाइम अचिभमेन्ट अवार्ड(२०८२ युगीन कलाकार तथा निर्देशक पवन जोशीलाई प्रदान गरिएको छ।

    images
    images
    images

    जोशीले पाएको नगद ५० हजार राशी आयोजक नेवास्साधना कला केन्द्रका अध्यक्ष बागमती भाइलाई नै संस्थाको वृति विकासको सहयोगार्थ हस्तान्तरण गरेर थप उदाहरणिय युगीन कार्य पवन जोशीवाट भएको छ। साथमा सोही समारोहमा नगरपिता सम्मान ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई प्रदान गरिएको थियोे ।

    त्यस्तै, नेवाः तारा सम्मान नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी, नेवाः सूर्य सम्मान काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा सरकार प्रमुख न्हुछेकाजी महर्जनलाई दिइएको थियो ।

    त्यसलगायत विभिन्न विधामा विभिन्न मान(पदवी र सम्मान प्रदान गरिएको जानकारी आयोजक नेवाःसाधना कला केन्द्रका अध्यक्ष बागमती भाइले दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ