Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सेफ्स एसोसिएसनको आयोजनामा दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न


ग्लोबल पाना
आइतबार, असार १५ २०८२
  • 422
    SHARES

  • images
    सेफ्स एसोसिएसनको आयोजनामा दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न

    काठमाडौं । सेफ्स एसोसिएसन अफ नेपालले दही चिउरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको छ ।एसोसिएसनले धान दिवस तथा असार पन्ध्रको अवसरमा रानीबारी–३ स्थित संस्थाको कार्यालयमा आइतबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए ।

    images
    images
    images

    उनले दही चिउरा खाने दिनको पनि आफ्नै विशेषता र महत्व रहेको बताउँदै दही चिउराले शरीरलाई सितलता र शक्ति प्रदान गर्ने भएकाले यसको महत्व भिन्नै रहेको उल्लेख गरे । कार्यक्रममा संस्थापक अध्यक्ष पुष्प थापा पूर्व अध्यक्षहरू गोविन्द नरसिंह केसी, सेफ रत्न बहादुर थापा, जेत लामा पाख्रिन, निवर्तमान अध्यक्ष श्याम कुमार तामाङ ,नाथमका प्रिन्सिपल राम कैलाश बिक्षा प्रमुख प्रशिक्षक मनराज खत्री लगायतले दही चिउरा खाने हाम्रो पुरानो संस्कृती भएकोले यो कार्यक्रमले हाम्रो संस्कृतीको जगेर्ना हुने गर्दछ ।

    स्वदेशी उत्पादनको खपत हुनुको साथै नेपाली उत्पादन दही चिउराले स्वास्थ्यलाई समेत राम्रो हुने र नेपाली उद्योगबाट उत्पादित बस्तुको प्रबर्द्धन हुने कुरा बताउनुभयो। आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर नेपाली खानाको अन्तर्राष्ट्रिय यात्रालाई अझ व्यापक बनाइने विश्वास व्यक्त गर्नुभयो।

    एसोसियसनका महासचिव पदम बहादुर आले मगरले असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले दही चिउरा खाने कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ