Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र न्यायमा पहुँच सम्बन्धी एक दिने अन्तरक्रिया कार्यशाला


सोमबार, असार १६ २०८२
  • 1,994
    SHARES

  • images
    लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र  न्यायमा पहुँच सम्बन्धी एक दिने अन्तरक्रिया कार्यशाला

    काठमाडौँ ।  नेपाल अपाङ्ग महिला संघले CBM को सहयोगमा असार १२ गते काठमाडौँमा लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र न्यायमा पहुँच सम्बन्धी नागरिक समाजसँग एक दिने अन्तरक्रिया कार्यशाला सम्पन्न गरेको छ । नेपाल अपाङ्ग महिला संघले CBM को सहयोगमा काठमाडौँमा आयोजना गरेको लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र न्यायमा पहुँच सम्बन्धी नागरिक समाजसँग एक दिने अन्तरक्रिया कार्यशालामा दलित महिला संघकी महासचिव रेणु सिजापतिले धेरै अभियानहरू सञ्चालन गर्दै गर्दा, विभिन्न समयमा विभिन्न दिवसहरू मनाइरहँदा पनि महिला माथि हुने विभिन्न हिंसाहरू रोकिन नसकेको तर हिंसाको रूप परिवर्तन भएको भन्दै दलित तथा सीमान्तकृत समुदायका महिलाहरू बढी मात्रमा हिंसामा पर्ने र न्याय नपाउने अवस्था रहेको बताउनु भयो ।

    images
    images
    images

    साथै उहाँले विभिन्न समयमा गरेका अध्ययनहरूमा अपाङ्गता भएका महिलाहरू र त्यसमा पनि दलित अपाङ्गता भएका महिलाहरूले हिंसा र विभेदको सिकार हुन परेको भन्दै महिलाहरूले गरिबी, जातियता, अपाङ्गता भएकै कारण र अपाङ्गता अनुकूलको न्यायिक निकायहरू नहुँदा पनि हिंसाको सिकार भएको बताउनु भयो र उहाँले महिला भित्रको अन्तर्निहित सवालहरूलाई उठाउनु पर्ने भन्दै अपाङ्गता भएका महिलाहरूको हक हित र न्यायमा पहुँचका लागि संस्थागत तथा व्यक्तिगत रूपमा सधैँ साथ दिने पनि बताउनु भयो ।

    सो कार्यशालामा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी महासचिव तथा अपाङ्गता अधिकारकर्मी रमा ढकालले अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचका लागि सबै सरोकारवाला निकायहरूसँग साझेदारी गरेर अगाडी बढ्नु पर्ने भन्दै सबै सञ्चार माध्यमहरूले अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूका सफलताका कुराहरूलाई बढी मात्रमा प्रोत्साहन दिन सकेमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्रेरणा मिल्ने बताउनु भयो ।

    साथै उहाँले सरकारकारी कर्मचारीहरू तथा वकिल र परामर्शदाताहरूलाई अपाङ्गता सम्बन्धी जानकारी दिनु पर्ने, उनीहरूलाई अपाङ्गता प्रतिको संवेदनाशीलताको विषयमा बुझाउनु पर्ने कुरामा जोड दिँदै सरोकारवाला निकायका प्रतिनिधिहरूलाई र्यािम्प मात्रै अपाङ्गता मैत्री नहुने कुरा पनि बुझाउँदै सबै जनाको सहकार्यमा काम गर्न जरुरी रहेको बताउनु भयो ।

    कार्यशालामा आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र न्यायमा पहुँचका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । प्रस्तुतिका क्रममा उहाँले वि.स.२०५४ सालमा नेपाल अपाङ्ग महिला संघको स्थापना भएको र स्थापना काल देखि नै यस संस्थाले अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि काम गर्दै आएको र अहिले पनि कठिन परिस्थितिमा रहेका, विभिन्न हिंसामा परेका अपाङ्गता भएका महिलाहरूका लागि छात्रावास सञ्चालन गरेर काम गरिरहेको बताउनु भयो ।

    साथै उहाँले यस कार्यशालामा अपाङ्गताको विषयमा जानकारी दिँदै अपाङ्गता मैत्री संरचना नहुँदाका चुनौतीहरू, सभ्य शब्दावलीहरू, अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कका विषयमा प्रस्ट पार्नु भयो । यसै क्रममा उहाँले नेपाल अपाङ्ग महिला संघले सन् २००६ देखि लैङ्गिक हिंसा (GBV) सम्बन्धी काम गर्दै आएको, सन् २०११ देखि न्यायमा पहुँच सम्बन्धी परियोजनाहरू सञ्चालन गरेको भन्दै आगामी दिनमा पनि सबै प्रकारका अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकार स्थापित गर्नका लागि सबै सरोकारवाला निकायहरू तथा नागरिक समाजले साथ दिनु पर्ने कुरामा जोड दिनु भयो ।

    नेपाल अपाङ्ग महिला संघले आयोजना गरेको लैङ्गिक समानता, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य र न्यायमा पहुँच सम्बन्धी नागरिक समाजसँग एक दिने अन्तरक्रिया कार्यशालामा साथी संस्थाका प्रतिनिधि सपना महर्जनले अपाङ्गता भएका महिलाहरूका लागि संस्थागत तथा अवरोधगत चुनौतीहरू रहेकोले सबै सरोकारवाला निकायहरू मिलेर उनीहरूको पहुँचका लागि काम गर्नु पर्ने, सबै निकायहरूमा अपाङ्गता भएका महिलाहरूको समान सहभागिता हुनु पर्ने र यस विषयमा सबैले वकालत तथा पैरवी गर्दै समावेशिताको विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी प्रतिनिधि जलसा सापकोटाले पूर्ण रूपमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच पुग्न नसकेको, अधिकांश न्याय दिने निकायहरू अपाङ्गता अनुकूलको नभएको, विभिन्न हिंसामा परेका महिलाहरूका लागि स्थापना गरिएका सुरक्षित आश्रम (Safe House ) हरू अपाङ्गता मैत्री नभएको बताउनु भयो । साथै उहाँले अबका दिनमा अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँच तथा अन्य कार्यहरूमा अर्थपूर्ण सहभागिताका लागि सबैले साथ दिनु पर्ने कुरामा जोड दिनु भयो ।

    यस कार्यक्रममा सञ्चारकर्मी लक्ष्मी बस्नेतले अपाङ्गता भएका महिलाहरूलाई आफूमा भएको हिंसाको विषयलाई अभियानको रूपमा बाहिर ल्याउने वातावरण हामी सबैले बनाउनु पर्ने, यस्ता कार्यक्रमहरूमा हिमोफेलिया अपाङ्गता भएका व्यक्तिहरूका आमाहरूलाई पनि समावेश गर्नु पर्ने, अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको पनि प्रतिनिधित्व हुनु पर्ने कुरामा जोड दिनु भयो ।

    सो छलफलमा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूको न्यायका लागि, अर्थपूर्ण तथा समान सहभागिताका लागि सबैले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ