ललितपुर । नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (EV) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष 'फ्री अफर' पनि प्रदान गरिएको छ ।
उद्घाटन समारोहमा अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र Yango नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहभागी राइडरहरूलाई स्कुटर सञ्चालनको पहिलो दिन भाडा नलाग्ने विशेष 'फ्री अफर' प्रदान गरिएको थियो । उनीहरूले खर्चबिनै काम सुरु गर्ने अवसर पाएपछि थप उत्साह र आत्मविश्वास अनुभव गरेका छन् ।
इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले नेपालमै पहिलोपटक सुरु गरिएको EV स्वरोजगार योजना ऐतिहासिक भएको बताउँदै राइडरहरूलाई आत्मनिर्भर बनाउने दिशामा यो कार्यक्रम एउटा महत्वपूर्ण पहल भएको बताए। ललितपुरको भैसेपाटीमा आज आयोजित कार्यक्रममा उनले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई विशेष 'फ्री अफर'सहित इलेक्ट्रिक स्कुटर (EV) वितरण गरिएको जानकारी दिए ।
उनले भने, "आज हामीले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई EV स्कुटर वितरण गरिसकेका छौं। उनीहरूलाई सुरुवातको लागि फ्री अफर प्रदान गरिएको छ, जसले उनीहरूलाई रोजगारी सुरु गर्न सहज बनाउनेछ ।"
‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको यो योजनाले नेपाली युवालाई स्वदेशमै काम गरेर आत्मनिर्भर बन्ने अवसर दिएको मास्केको विश्वास छ ।
ई-ड्राइभ नेपालका मुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले भने, "राइडरले आजबाटै स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्छन् । फ्री अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको छ ।" ‘तपाईको बजार’ का संचालक सुशील सङ्रौलाले अनुसार, "EV वितरणको यो क्षण हाम्रो लागि गौरवको हो । यो केवल साधनको वितरण होइन, यो नेपाली युवाको भविष्यमा गरिएको लगानी हो ।"
कार्यक्रममा सहभागी राइडर दिपक थापाले आफ्नो अनुभव सुनाउँदै भने, "मैले पहिले सेकेन्डहेन्ड स्कुटर चलाउँथें, धेरै मर्मत खर्च हुन्थ्यो। अहिले यो योजना मार्फत नयाँ EV स्कुटर पाएँ। आम्दानी पनि बढेको छ, आत्मविश्वास पनि ।" यस योजनाले विदेशी इन्धनको खर्च घटाउने, नेपालमै उत्पादित विद्युतको उपयोग बढाउने, र स्वदेशी प्रविधिको प्रवर्द्धन मार्फत हरित यातायात प्रणालीको विकासतर्फ एक महत्वपूर्ण पाइला चालेको आयोजक संस्थाहरूको विश्वास छ ।
साथै, यसले नेपाली युवालाई स्वदेशमै आत्मनिर्भर बन्न प्रेरणा दिने लक्ष्य लिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


