Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा केपी ढकालको पुनः उम्मेदवारी


ग्लोबल पाना
शनिबार, असार २१ २०८२
  • 1,445
    SHARES

  • images
    एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा केपी ढकालको पुनः उम्मेदवारी

    क्यालिफोर्निया । नेपाली समुदायसँग गहिरो लगाव राख्दै विगत १३ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्दै आएका कुल प्रसाद ढकाल (केपी ढकाल) ले एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    समुदायमा सक्रिय, मिलनसार र सहयोगी स्वभावका केपी ढकालले विभिन्न नेपाली संघ–संस्था, सामाजिक कार्यक्रम तथा आपतकालीन राहत अभियानहरूमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन् । गएको निर्वाचनमा झिनो मतान्तरले उपविजेता बने पनि उनले नेपाली समुदायको मनमा आफू स्थान बनाउन सफल भएको विश्वास व्यक्त गरेका छन् ।

    ढकालले यस पटकको निर्वाचनमा सबै अग्रज, संघसंस्था, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार र साथीभाइहरूसँग सहकार्य र समर्थनको अपेक्षा गरेका छन् । उनले SMART NRNA एप डाउनलोड गरी नयाँ सदस्यता लिनु तथा आजीवन सदस्यहरूले निःशुल्क नविकरण गर्नु पर्ने आवश्यकता पनि औंल्याएका छन् ।

    ढकालको सन्देश: “संस्थालाई गाली होइन, राम्रो नेतृत्व रोजौं। सुधारको अवसर दिनुहोस् – म तपाईंको सुख–दुःखको सच्चा साथीसँग काम गर्न तत्पर छु ।”

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ