Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चर्चित गायिका समिक्षा अधिकारी र सी डी विजयको 'जाउ हिडौ बटौली' रिलिज


ग्लोबल पाना
आइतबार, असार २२ २०८२
  • 513
    SHARES

  • images
    चर्चित गायिका समिक्षा अधिकारी र सी डी विजयको  'जाउ हिडौ बटौली' रिलिज

    काठमाडौं । पछिल्लो समयका चर्चित गायक सी डी विजय अधिकारी र गायिका समिक्षा अधिकारीको युगल स्वरमा 'जाउ हिडौ बटौली' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी 'हाइटेक इन्टरटेन्टमेन्ट'ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ ।

    images
    images
    images

    पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी उषा उप्रेती र प्रभातपाल ठकुरीको अभिनय रहेको भिडियोमा सौरभ लामाको सिनेमाटोग्राफी,सुदीप पाण्डेको कलर ग्रेडिङ र मित्र डी गुरुङको सम्पादन रहेको छ।

    भिडियोको कोरियोग्राफी र निर्देशन चर्चित निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन। कुशल संगीतकार र गीतारबादक अनिल शाहीले धेरै लोकप्रिय गीतमा संगीत भरिसक्नु भएको छ सुमधूर स्वरमा गाउन पनि सक्ने खुबी भएका अनिलले गीतमा मोडलिङ साथै म्युजिक भिडियो समेत निर्देशन गरिसकेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ